श्वासप्रश्वासमा समस्या आएपछि सन्दीप लामिछाने हृयाम्स अस्पताल भ’र्ना…हेर्नुहोस् ।
2020, November 30th, Monday

Yuwa Aawaj

काठमाडौँ, १५ मंसिर । को’रोना संक्र’मित क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अस्प’तालमा भ’र्ना गरिएको छ।

को’रोना सं’क्रमण पु’ष्टि भएपछि होम आइ’सोलेनसमा रहेका लामिछाने श्वासप्र’श्वासमा सम’स्या आएपछि हृया’म्स अस्पताल भ’र्ना भएका हुन् ।

लामिछानेले शुक्रबार आफुलाई को’रोना संक्र’मण भएको जानकारी सामाजिक सञ्जाल मार्फत गराएका थिए ।

यो पनि
प्रिमियर लिग : साउथह्याप्टनमाथि म्यान्चेस्टर युनाइटेडकाे पुनरागमन जित !

एजेन्सी : प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले पुनरागमन जित निकालेको छ । आइतबार भएको खेलमा युनाइटेडले साउथह्याप्टनमाथि पुनरागमन जित निकालेको हो ।

साउथह्याप्टनको घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन इडिन्सन काभानीले दुई गोल गरे । त्यस्तै ब्रुनो फर्नान्डेजले एक गोल गरे । उता साउथह्याप्टनका लागि जान बेन्डारेक र जेम्स वार्ड पोयसले एक-एक गोल गरे ।

खेलको २३ औं मिनेटमा बन्डारेकले गोल गर्दे साउथह्याम्पटनलाई अग्रता दिलाए । ३३ औं मिनेटमा वार्ड पउसेले गोल गर्दै टिमलाई २-० गोलको अग्रता दिलाए ।

पहिलो हाफमा २-० गोलले पछि परेको युनायटेडले तीन वटै गोल दोस्रो हाफमा गर्न सफल भएको हो । खेलको ५९ औं मिनेटमा फर्नान्डेजले गोल गर्दै टिमलाई २-१ गोलको अवस्थामा पुगाए ।

७४ औं मिनेटमा काभानीले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । खेलको इन्ज्यूरी समयमा गोल गर्दै काभानीले युनाइटेडलाई ३-२ गोल अन्तरले जित दिलाए ।

जितसँगै युनाइटेड लिगको सातौं स्थानमा उक्लिएको छ । लिगमा ९ खेल खेलेको युनाइटेडले १६ अंक जोडेको छ । १० खेल खेलेको साउथ ह्याप्टन १७ अंकसहित तालिकाको पाँचौ स्थानमा छ ।

तपाईको प्रतिक्रिया