आइतबार , जेठ ३०, २०७८

ओली जी सर्वैसर्वा हैनन ! उनी नहुँदापनि देश र पार्टी चल्छ – सांसद विडारी !

कार्तिक २३, २०७७ आइतबार 0

काठमाडौं : सत्तारूढ नेपाल क’म्युनिष्ट पार्टी (नेकपा) का नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण विडारीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहालले

अविश्वासको प्रस्ताव ल्याउन लागेको छ भन्ने कु’रामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । विहान नेपाली रेडियो नेटवर्कबाट प्रसा’रण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।पत्रकार धमलाले तपाईहरु हिजो प्रचण्डकहाँ पुग्नुभएको थियो

प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्डले अविश्वाको प्रस्ता ल्याउँदैहुनुहुन्छ अरे ? पार्टी फुटाउन लाग्नुभएको छ भन्ने हल्ला छ नि ? भनेर सोधेको प्रश्नमा विडारीले भने–‘कसले भन्या ? केपी शर्मा ओलीले कार्यकारी अध्यक्षलाई भनेको भए त मलाई थाहा हुने कुरा भएन, तर मैले अविश्वासको कुरा पनि सुनेको छैन् ।

उहाँलाई कुनै प्रकारको राजीनामा पनि मागेको छैन् । पार्टी फुटाउने कुरा पनि छैन्।’ उनले केपी ओलीले जे भन्यो त्यही पार्टीभित्र नहुने पनि जिकिर गरे । उनले भने,‘उहाँ त पार्टीबाट प्रधानमन्त्री भएको हो नि । प्रधानमन्त्रीले गरेको कामको जस र अपजस पार्टीलाई आउँछ ।

दलीय व्यवस्थामा पार्टीभन्दा माथि प्रधानमन्त्री हुँदैन्।’ उनले वर्तमान प्रधानमन्त्री ओली नहुँदापनि देश चल्ने बताए । उनले भने,‘उहाँले म राजीनामा दिन्न, मैले राजीनामा दिएँ भने देश बर्बादितिर जान्छ भनेको पनि मैले सुनें । त्यो पनि त्यस्तो कुरा हुँदैन्।

कसैले राजीनामा दिँदा देश डुब्ने, कसैले राजीनामा दिँदा देश उठ्ने, त्यसो हुँदैन नि । मैले राजीनामा दिँदा देश बर्बादितिर जान्छ भन्ने उहाँलाई त्यस्तो लाग्यो होला, कसैले राजीनामा दिएर पनि देश बर्बादितिर जाँदैन् ।

विपीले राजीनामा दिएर पनि बर्बाद भएन, विपी नहुँदापनि देश चल्यो, राणा नहुँदापनि देश चल्यो, राजतन्त्र नहुँदापनि देश चल्यो, हिजो त राजतन्त्र नभई देशै चल्दैन भन्थे, प्रचण्ड नहुँदापनि देश चल्छ, ओलीजी नहुँदापनि देश चल्छ । त्यस्तोरि बुझ्नपर्यो नेताले । शक्तिमा हुने व्यक्तिले जे पायो, त्यही बोल्नुहुन्छ ?

प्रतिकृया दिनुहोस्