शुक्रबार , असार ४, २०७८

आविष्कार केन्द्रका भिम उपाध्यायको अपिल बाट ७ दिनमा करिब १४ लाख संकलन…हेर्नुहोस् ।

कार्तिक २४, २०७७ सोमबार 3

डाेटी : बैज्ञानीक महाविर पुनकाे नेतृत्वमा रहेकाे राष्ट्रिय आविष्कार केन्द्रका लागि फेसबुकमा गरिएकाे एक अपिलले ७ दिनमा करिब १४ लाख रकम संकलन भएकाे छ ।

नेपाल सरकारकाे पुर्व सचिब समेत रहेका सामाजिक अभियन्ता भीम उपाध्यायले आफ्नाे फेसबुकमा ७ दिन अघि राष्ट्रिय आविष्कार केन्द्रलाई सहयाेग गर्न अपिल गरेका थिए । उनकाे अपिल पछि दाताहरुबाट आज आईतबार दिउसाे १ बजे सम्ममा १३ लाख ५९ हजार २ सय १९ नेपाली रुपैयाँ संकलन भएकाे छ ।

अभियन्ता उपाध्यायले सामाजिक संजाल मार्फत ७ दिन काे अबधिमा ५ सय ९ जना दाताहरुबाट उक्त रकम संकलन भएकाे बताएका छन् । साथै सहयाेग गर्ने सम्पुर्ण दाताप्रति आभार व्यक्त गरेका छन् ।

विभिन्न बैज्ञानिक उपकरणहरु निर्माण तथा नयाँ खाेजमा रहेकाे आविष्कार केन्द्रलाई आर्थिक आबश्यकता परेकाे भन्दै नेपाल सरकारलाई पटक पटक सहयाेगका लागि आग्रह गरिदै आएकाे भएता पनि सरकारी क्षेत्रकाे उदाशिनताका कारण सरकारी पक्षबाट सहयाेग नभएकाे समयमा उपाध्यायले दान अभियान सुरु गरेका हुन् ।

उनकाे एउटा अपिलमा यति सातादिनमा करिब १४ लाख संकलन हुनुमा नेपालीपन रहेकाे जानकारहरु बताउन्छन् । उपाध्यायले फेसबुककाे अपिल बाटै धेरैका घर निर्माण, उपचार हुने गरेका छन् ।

आर्थिक सहयाेग गर्ने दाताहरुले ५० रुपैयाँ देखि लाख सम्म दान गरेकाे उपाध्याय बताउन्छन् । उपाध्यायकाे अपिललाई सार्थक बनाउन अभियन्ता ईशा गुरुङ्ग पनि साथसाथै रहेकी छिन् ।

लक्ष्य सहित आर्थिक सहयाेग, दानका लागि आफुले अपिल गर्दै आएकाे भए पनि आविष्कार केन्द्रका लागि कुनै लक्ष्य नलिएकाे र याे निरन्तर चल्ने उपाध्यायले बताए ।

प्रतिकृया दिनुहोस्