आइतबार , जेठ ३०, २०७८

धनिया स्वादका लागि मात्र होइन यी रोगको औषधि पनि हो…हेर्नुहोस् ।

कार्तिक २४, २०७७ सोमबार 0

हाम्रो भान्सामा प्रयोग हुने धनिया स्वादका लागि मात्रै नभएर स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण हुने गर्छ । धनियाले विभिन्न रोगको औषधिको रुपमा समेत काम गर्ने चिकित्सकहरु बताउँछन् ।धनियाले भोक नलाग्ने मान्छेलाई भोग जगाउँछ ।

यसमा एन्टी माइक्रोवियल, एन्टी अक्सिेडन्ट, एन्टी डिस्लिपिडेमिक लगायतका औषधीय गुण हुने चिकित्सकहरु बताउँछन् । हरियो धनिया मात्र नभएर पाकेको धनियाको बियाँ खानु पनि मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । यसले शरीरमा कोलेस्टोरल नियन्त्रण गर्ने काम गर्छ ।

हरियो धनियामा भिटामिन सी, भिटामिन के, खनिज पदार्थ र प्रोटिन जस्ता पोषक तत्वहरु पाइने हुँदा यो स्वादका लागि भन्दा पनि औषधिका लागि पनि निकै महत्वपूर्ण सावित हुन्छ ।
त्यस्तै, धनियाको बियाको तेलमा पाइने लिनालोल तत्वले दुखाइ कम गर्ने र जीवाणुलाई मार्ने गुण हुन्छ ।

दुधमा तुलसी मिसाएर खानुको फाइदै फाइदा !

काठमाडौ । तुलसी धार्मीक र वैज्ञानिक रुपमा उत्तिकै लाभप्रद वनस्पती हो । यसको औषधीय गुण चमत्कारिक छ । सबैभन्दा बढी अक्सिजन निस्कासन गर्ने तुलसीलाई हिन्दु धर्ममा अमृत समान मानिन्छ ।त्यसैले यसको महत्व जिवनको सुरु देखि अन्त्य सम्म छ । तर यसको औषधीय गुण पनि त्यती नै चमत्कारीक भएको वैज्ञानिक रुपमा पनि पुष्टि भएको छ ।

जाडो महिनामा तुलसीका पात चियामा राखेर खाने प्रचलन छ । यसका फाइदा धेरै छन् । चिसो लागेका बेला यसको प्रयोग गर्दा स्वास्थ्यलाई फाइदा हुन्छ ।अझ दूध र तुलसीका पात मिसाएर उमालेर खाँदा यसले गर्ने फाइदा झन बढी हुन्छ । यति मात्र होइन, तुलसी र दूध खाँदा शर्दीबाहेक अन्य रोगबाट पनि जोगिन सकिन्छ ।

दम रोग : यदि तपाईलाई स्वासप्रस्वाससम्बन्धि समस्या छ या दम छ भने दूधमा तुलसीको पात हालेर उमालेर खानुस् । यसले फाइदा पुर्‍याउँछ ।

माइग्रेन : दूधमा तुलसीका पात हालेर उमालेर खाँदा टाउको दुख्ने समस्या पनि कम हुन्छ । नियमित रुपमा दूध र तुलसी खाँदा यसले माइग्रेनका बिरामीलाई राहत दिन्छ ।

डिप्रेसन :आजभोलिको जीवनमा कतिपयलाई डिप्रेसनको समस्या हुन्छ । कामको बोझ या त’नावले मान्छेलाई डिप्रेसनतर्फ उन्मुख गराउँछ । यदि तपाईं डिप्रेसनमा हुनुहुन्छ भने दूध र तुलसीका पात खाँदा फाइदा गर्छ । यसले तनाव र चिन्ताबाट टाढा बनाउँछ ।

पत्थरी : यदि तपाईंलाई पत्थरी छ भने नियमित रुपमा खाली पेट तुलसी दूध पिउनु लाभदायक हुन्छ । यसो गर्दा तपाईंको मिर्गौलाको पत्थरी र दुखाइ टाढा भाग्छ ।

यति मात्र नभएर तुलसीका पातमा हुने एन्टीअक्सिडेन्टस गुणले हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा पनि फाइदा पुर्‍याउँछ । साथै तुलसीका पातमा एन्टीब्याक्टेरियल र एन्टीभाइरल गुण पनि हुने भएकाले स्वस्थ राख्न लाभदायक हुन्छ ।तुलसी दूध बनाउनका लागि सबैभन्दा पहिले डेढ गिलास दूधमा ८ देखि १० पत्ता तुलसी हाल्नुहोस् । जब दूध उम्लेर एक गिलास हुन्छ, तब यसलाई सेलाउन दिएर पिउनुस् । यसरी नियमित सेवन गर्दा स्वास्थ्यलाई फाइदा पुग्छ ।

प्रतिकृया दिनुहोस्