शुक्रबार , असार ४, २०७८

धर्म निरपेक्षतालगायतका परिवर्तनलाई कमजोर बनाउने प्रयत्न हुँदै – सभामुख सापकोटा…हेर्नुहोस् ।

कार्तिक २४, २०७७ सोमबार 2

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले मुलुकको परिवर्तनलाई कमजोर बनाउने प्रयत्न भइरहेको खुलासा गर्नुभएको छ ।

गणेशमान सिंहको जन्मजयन्तीका अवसरमा जनआन्दो’लन शहीद स्मृति शान्ति प्रतिष्ठानको कार्यक्रममा सभामुख सापकोटाले धर्मनिरपेक्षता लगायतका परिवर्तनलाई क’मजोर बनाउने प्रयत्न भइरहेको बताउनुभयो ।

उहाँले सवै आ’न्दोलनलाई शान्तिपूर्ण रुपले संस्थागत गर्न सकेकै कारण मुलुकमा परिवर्तन सम्भव भएको उल्लेख गर्दै सजक भएर अघि बढ्नुपर्ने समय आएको दावी गनुर्भयो ।

त्यस्तै, नेकपा संसदीय दलका उपनेता एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानलाई बलियो बनाउनुपर्ने भन्दै कमी कम’जोरीलाई सच्चाउदै अघि बढ्नुपर्ने बताउनुभयो ।

नेपाली भूमिलाई नक्सामा समावेश गर्दा सवै राजनीतिक दल एक ठाउँमा उभिएको भन्दै मुलुकलाई बिकासको बाटोमा अघि बढाउन पनि सवै दल एक हुनुपर्ने उहाँको आग्रह थियो ।
कार्यक्रममा राष्ट्रिय जागरण अभियन्ता तथा सीमाविद् बुद्विनारायण श्रेष्ठलाई शान्ति स्वर्ण पदकबाट सम्मानित गरिएको थियो ।

यो पनि
मंगलबार सचिवालय बैठक डाक्ने अध्यक्ष प्रचण्डको तयारी

नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सचिवालय बैठक बोलाउने तयारी गर्नुभएको छ । प्रधानमन्त्री समेत रहनुभएका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पटक पटक सचिवालय बैठक राख्न आग्रह गरेपनि नमानेपछि प्रचण्डले नै मंगलबार पनि बैठक बोलाउने तयारी गर्नुभएको हो ।

यसअघि शुक्रबार पनि अध्यक्ष प्रचण्डले अनौपचारिक बैठक बोलाउनु भएको थियो । तर नौ सचिवालय मध्ये ५ सचिवालय सदस्य मात्रै पार्टी कार्यालय धुम्बाराहीमा भेला भएका थिए । शुक्रबारको औपचारिक बैठकमा प्रधानमन्त्री ओलीसहित, इश्वर पोखरेल, महासचिव विष्णू पौडेल रामबहादुर थापा सहभागी थिएनन् ।

अन्य पाँच सचिवालय सदस्यको बैठकले बैठक बोलाउन प्रधानमन्त्री ओलीलाई २ दिनको समय दिएको थियो ।
त्यो समय आज सकिदै छ । तर प्रधानमन्त्रले कुनै पनि प्रतिकृया दिनुभएकाे छैन । उहाँले सचिवालय बैठक बस्न नमानेको कारण भोली पुन: सबै सचिवालय सदस्यलाइ बाेलाइने

तर प्रधानमन्त्री पक्षाका सदस्य उपस्थित नभएपनि पाँच सदस्यमात्रै भएपनि बैठक राख्ने अध्यक्ष प्रचण्डको तयारी छ । यद्यपि आज रातिसम्म बालुवाटारबाट औपचारिक बैठकको प्रस्ताब आउनकि भन्ने आशामा रहेको एक नेताले बताउनुभयो । नेकपामा दुई अध्यक्षबीचको असमझदारीका कारण पार्टी एकता नै संकटमा परेको नेताहरुको भनाइ छ ।

प्रतिकृया दिनुहोस्