शुक्रबार , असार ४, २०७८

सचिवालयको अनौपचारिक बैठक बोलाएर प्रचण्ड लागे बालुवाटार !

कार्तिक २५, २०७७ मंगलबार 8

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् । प्रचण्डले मंगलबार अपरान्ह चार बजे पार्टी कार्यालयमा अनौपचारिक बैठक बोलाएका हुन् ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अनौपचारिक छलफलका लागि सचिवालय सदस्यहरुलाई बोलाइएको जानकारी दिए । यसअघि अध्यक्ष प्रचण्डसहितका ५ जना नेताले सचिवालय बैठक बोलाउन सहमति दिन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित आग्रह गरेका थिए । शुक्रबार र शनिबार अनौपचारिक छलफल गरेर सोमबारभित्र

बैठक बोलाउन ५ न्ताले गरेको आग्रहलाई ओलीले वेवास्ता गरेपछि मंगलबार पुन प्रचण्डले सचिवालय सदस्यहरुसँग छलफल गर्न लागेका हुन् । यसैबीच अध्यक्ष प्रचण्ड प्रधानमनत्री समेत रहेका ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । ओलीसँगको भेटवार्ता सकेर धुम्वाराही पुग्ने प्रचण्डको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् ।

यो पनि
ओली भेट्न बालुवाटार पुगे प्रचण्ड !

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेको स्रोतले जनाएको छ ।

यसअघि ओली प्रचण्डबीच गत आइतवार भेटघाट भएको थियो । प्रचण्डले पार्टीभित्र देखिएको समस्या समाधानका लागि सचिवालय बैठक बोलाउन दबाब दिइरहेका छन् । भने ओली बिना एजेण्डा सचिवालय बैठक नबोलाउने अडानमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्