शुक्रबार , असार ४, २०७८

अभिनेत्री झरना थापा, पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा र अर्बपति विनोद चौधरी पनि कर नतिर्नेको सूचिमा…हेर्नुहोस् ।

कार्तिक २५, २०७७ मंगलबार 9

काठमाडौ : चर्चित अभिनेत्री झरना थापाले सरकारलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर(भ्याट) नबुझाएको पाइएको छ । विभागले लामो समयदेखि कर बुझाउन आनाकानी गर्ने २९ हजार उद्यमी, व्यवसायीको नाम सार्वजनिक गर्दा चर्चित अभिनेत्रीको सुहानी फिल्मले पनि कर दाखिला नगरेको भेटिएको हो ।

अर्बपति विनोद चौधरी,उद्योगी सुरज वैद्य, प्रचण्डका घरभेटी ठेकेदार शारदाप्रसाद अधिकारी, काँग्रेस सांसद तथा ठेकेदार बहादुरसिंह लामालगायतका कम्पनीले पनि भ्याट नतिरेको पाइएको छ । त्यसैगरि कर नबुझाउनेमा चर्चित अभिनेत्री तथा निर्देशक झरना थापा पनि रहेकी छिन् । उनको सुहानी फिल्मले पनि कर दाखिला नगरेको भेटिएको हो ।

लाजिम्पाट ३ काठमाडौंस्थित उनको कम्पनीले ०५८ सालदेखि यता सरकारलाई कर तिरेको छैन । निर्देशक थापा हाल ए मेरो हजुर ४ को शुटिङमा व्यस्त छिन् । वितरक सुनील मानन्धरको श्रीराम बालाजी फिल्मले पनि ०७४ सालयताको कर दाखिला गर्न बाँकी रहेको विभागको सूचीमा उल्लेख छ ।

यसरी कर तिर्न आनाकानी गर्नेमा झरना एक्लो कलाकार होइनन् । वितरक सुनील मानन्धरको श्रीराम बालाजी फिल्मले ०७४ सालयताको कर दाखिला गर्न बाँकी छ । यसरी कर दाखिला गर्न आनाकानी गर्नेमा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटासमेत परेका छन् ।

विभागले निकालेको सूचनामा उनी प्रकाशक तथा सम्पादक रहेको सम्बोधन साप्ताहिकले ०७० सालयताको कर दाखिला गरेको छैन । यसरी कर तिर्न आनाकानी गर्नेमा अर्बपति विनोद चौधरीका कम्पनीदेखि सुरज वैद्य, शारदाप्रसाद अधिकारी, बहादुरसिंह लामालगायत ठेकेदारसमेत छन् ।

पूंर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) नबुझाएको पाइएको छ । अन्तरिक राजश्व विभागले निकालेको सूचनामा नेकपाका संघीय सांसद बाँस्कोटा प्रकाशक तथा सम्पादक रहेको सम्बोधन साप्ताहिकले ०७० सालयताको कर दाखिला नगरेको उल्लेख छ । नेपाल रैबार बाट

प्रतिकृया दिनुहोस्