शुक्रबार , असार ४, २०७८

मध्यभोटेकोसीमा पनि कुलमान घिसिङलाई हटाएर शाक्यलाईनै ल्याइएको थियो !

कार्तिक २६, २०७७ बुधबार 13

काठमाडौं : २०७१ साल साउनमा तत्कालिन उर्जामन्त्री राधाकुमारी ज्ञवालीले सिन्धुपाल्चोकमा नि’र्माणाधिन एक सय दुई मेगावाटको मध्यभोटेकोसी आ’योजनाबाट कुलमान घिसिङ ह’टाएर हितेन्द्रदेव शाक्यलाई पठाएकी थिइन् ।

त्यतिबेला प्राधिकरणको व्यापार विभागका निर्देशक हितेन्द्रलाई प’ठाइएर कुलमानमलाई लामो समय का’मबिहीन बनाइएको थियो । सं’योग हो वा नि’यतपूर्वक सात वर्षपछि नेकपाकै सरकारले प्राधिकरणको कार्यकारी निर्देशक कुलमान ह’टाइएर हितेन्द्रदेवलाई ल्याइएको छ ।

कुनै बेला उनलाई प्राधिकरणमा बस्ने कुर्सी र कोठासमेत दिइएको थिएन । त्यतिबेला प्राधिकरणका कार्यकारी निर्देशक थिए,‘मुकेश काफ्ले ’ । चिलिमे जलविद्युत कम्पनीको लागनी रहेको मध्यभोटेकोसीको ठेक्का प्रक्रिया पूरा गरेर सुरुङ निर्माण शुरु गर्नै लाग्दा ज्ञवालीले एकल निर्णय गरेर घिसिङ हटाएकी थिइन् ।

स्थानीय तहमा देखिएको राजनितिक खि’चातानी र ठेण्डरको झ’न्झटिलो प्रक्रिया पूरा गरेपछि कुलमानलाई यता न उता जस्तै बनाइएको थियो । आयोजना निर्माण शुरु गर्ने बेलामा घिसिङलाई न’हटाउन माग गर्दै राजनीतिक दल, कर्मचारी र स्थानीयले वि’रोध गरेपनि सुनुवाई भएन ।

कुलमानलाई रातारात ह’टाएपछि मध्यभोटेकोसीको निर्माणमा विभिन्न वाधा सिर्जना भएको थियो । कुलमानले मध्यभोटेकोसीलाई अघि बढाउन निकै मेहेनत गरेका थिए ।स्थानीय स’मस्या हल गर्न उनले केन्द्रीय राजनीतिक ने’तृत्वसँग पटक–पटक छलफलसमेत गरेका थिए ।

उनलाई भोटेकोसीबाट ह’टाएको असर अहिलेसम्म पनि परिरहेको छ । २०१७ मा पूरा गर्ने लक्ष्य राखेर निर्माण शुरु गरिएको मध्यभोटकोसीको तो’किएको म्याद समाप्त भएकै तीन वर्ष पूरा हँुदा पनि विद्युत उत्पादन शुरु गर्ने मिति अनुमान गर्न सक्ने अवस्था छैन ।

मध्यभोटेकोसी अहिलेसम्म पनि ल’थालिङ्ग अवस्थामा छ । अहिले पनि कुलमानलाई प्राधिकरणको कार्यकारीबाट न’हटाउन र पुनः नियुक्ति गर्न जनस्तरबाटै ठूलो द’बाव दिएपनि सरकारले टे’रेन । अन्ततः कुलमान गत भदौं ३१ मा प्राधिकरणबाट निवृत्त भए ।

उर्जामन्त्री बर्षमान पुनले कुलमानलाई नै कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्न मन्त्रीपरिषद्मा प्रस्ताव लगेपनि प्रधानमन्त्री केपी ओलीले अ’स्विकार गरेपछि कुलमान नि’वृत्त भएका हुन् ।यस पटक पनि कुलमानको ठाउँमा हितेन्द्रलाई ल्याइएको छ । उनलाई उर्जा मन्त्रालयले प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नि’युक्त गरेको छ ।

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले आइतबार(अस्ती) शाक्यलाई निमित्त कार्यकारी निर्देशकमा नि’युक्त गरेको हो । प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङमा काजमा काम गरिरहेका शाक्यलाई फि’र्ता बोलाएर उक्त जि’म्मेवारी दिइएको हो । उनी प्राधिकरणका बरिष्ठ उपकार्यकारी निर्देशक हुन् ।उर्जामन्त्री पुनले गत २१ गते नै शाक्यलाई फिर्ता बोलाउन निर्देशन दिएका थिए ।

कुलमान न’हटाउन सडक र सञ्चारमाध्यमबाट द’बाव सिर्जना गरेका बेला सरकारले तत्काल शाक्यलाई ल्याउदा झन् वि’रोध हुने भयले त्यतिबेला प्राधिकरणकै निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी तो’किएको थियो ।

प्राधिकरणमा निमित्तपछि निमित्त कार्यकारी निर्देशक बनाएको सम्भवतः यो पहिलो घ’टना हो । वार्षिक ८ अर्ब घा,टामा रहेको प्राधिकरणलाई कुलमानले आफ्नो चार बर्से कार्यकालमा ११ अर्ब नाफामा लगेका थिए । लोडसेडिङ अन्त्य गरेको भन्दै जनस्तरबाट उनको निकै प्रशंसा भएको थियो । तर प्रधानमन्त्री ओलीले उनलाई पनुः नियुक्ति दिन न’मानेपछि मन्त्री पुनले लगेको प्रस्ताव स्वतः नि’स्क्रीय भएको थियो ।

प्रतिकृया दिनुहोस्