शुक्रबार , असार ४, २०७८

प्रचण्डलाई ‘घर–पार्टी अफिस, पार्टी अफिस–घर’ जानबाहेक लखर–लखर हिड्न प्र तिबन्ध लगाउनुपर्छ…हेर्नुहोस् ।

कार्तिक २६, २०७७ बुधबार 1

काठमाडौँ : पछिल्लो समयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको वि’वाद कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झनाथ खनाल, बामदेव गौतम तथा नारायणकाजी श्रेष्ठकै स्वार्थका कारण भएको पत्रकार रवि लामिछानेले दावी गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीलाई काम गर्न स्वतन्त्र छाड्नुपर्नेमा जोड दिँदै पत्रकार लामिछानेले भागबण्डा र खिचातानीमा राख्नु नहुने तर्क प्रस्तुत गर्नुभयो । प्रधानमन्त्रीले आफ्नो स्प्रीड अनुसार मन्त्रीमण्डल तथा राजनैतिक नियुक्ति गर्न पाउनु पर्नेमा जोड दिँदै लामिछानेले प्रचण्ड–माधव गुटले प्रधानमन्त्री ओलीलाई असफल बनाउन अधिकांश समय प्रधानमन्त्रीको समय वार्ता र छलफलमा विताइदिने गरेको स्पष्ट पारे ।

अबको दुई वर्ष प्रधानमन्त्रीलाई आफ्नो तरिकाले मुलुकको समृद्धिको यात्रामा अघि बढ्न दिनुपर्ने बताउँदै उनले मुलुकको प्रमुख कार्यकारी जिम्मेवारी संहालेका नेतृत्वले पुनः मुलुकको नेतृत्व गर्ने र्याल काड्न दिनु नहुने व्यवस्था गर्नुपर्नेमा समेत जोड दिए ।

माधव, प्रचण्ड, भलनाथको नेतृत्वमा मुलुक कस्तो अवस्थामा थियो त्यो जनताले बुझेको उल्लेख गर्दै उनले झनाथलाई सर्प पाल्न, प्रचण्डलाई आफ्नो श्रीमतीको संरक्षण गर्दै घर–पार्टी कार्यालयभन्दा बाहिर जान नदिने व्यवस्था गरे मात्र मुलुकले स्वतन्त्रता पाउने समेत बताए ।

प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई घर– पार्टी अफिस, पार्टी अफिस–घर, सल्लाह लिने बाहेक माधवलाई घरभित्रै, भलनाथ खनाललाई इलामबाहेक कही जान नपाउने उर्दी लगाउन नसक्ने मुलुकको समृद्धि हुन नसक्ने समेत लामिछानेले दावी गरे ।

प्रतिकृया दिनुहोस्