शुक्रबार , असार ४, २०७८

प्रधानमन्त्रीको संखुवासभा यात्रा – विशेष कार्यक्रम छैन, घुमघाम मात्रै !

कार्तिक २६, २०७७ बुधबार 2

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओली आज संखुवासभा जिल्ला जाँदैछन् । दोस्रो पटक मिर्गौला प्रत्या’रोपण पछि काठमाडौं बाहिर ननिस्किएका प्रधानमन्त्री ओली बुधबार दश बजे संखुवासभा पुग्ने कार्यक्रम छ ।

पार्टीभित्रको आ’न्तरिक किच’लो बढिरहेका बेला उपत्यका बाहिर निस्किएका प्रधानमन्त्रीको विशेष कार्यक्रम भने छैन । उनले सडक र जलविद्युत आयोजनाको निरी’क्षण तथा स्थानीय जनप्रतिनिधिसँग छलफल गर्नेछन् ।

संखुवासभामा प्रधानमन्त्री सहभागी हुने तीनवटा कार्यक्रम तय भएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन आचार्यका अनुसार पहिलो कार्यक्रम भोटखोला गाउँपालिका–१ किमा’थाङ्कामा राखिएको छ ।

ओलीले किमा’थाङ्कामा सश’स्त्र प्रह’रीको बोर्डर आउट पोष्ट (बिओपी)को निरीक्षण गर्नेछन् । त्यसपछि स्थानीय जनप्रतिनिधि र किमा’थाङ्काका बासि’न्दासँग छलफल गर्नेछन् ।

किथा’माङ्काबाट १०ः३६ मा भोटखोला ३ मा पर्ने च्यान्ताङ भन्ने स्थानमा जानेछन् । च्यान्ताङमा निर्मा’णाधीन विराटनगर–किमाथाङ्का सडकको निरीक्षण गर्नेछन् । च्या’न्ताङमा त्रि’देशीय महत्वको सडकको निर्माण प्रगतीबारे उनले जानकारी लिनेछन् । स्थानीय र जनप्रतिनिधीसँग पनि छलफल गर्नेछन् ।

च्यान्ता’ङ पछि १ः३० बजे भने प्रधानमन्त्री ओली अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम निर्माणस्थल पुग्ने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । मकालु गाउँपालिका–५ मा पर्ने फ्याक्सिल्लामा आयोजनाको ड्या’म बनिरहेको छ ।

ड्यामको निरीक्षण पछि प्रधानमन्त्री ओलीले निर्माणको प्रगतिबारे ब्रि’फिङ लिनेछन् । राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रोको ड्यामस्थलमा प्रधानमन्त्री ओलीले दुई घण्टा बिताउने कार्यतालिका बनाइएको छ ।

एक खर्ब ४४ अर्ब निर्माण लागत अनुमान गरिएको अरुण ते’स्रो नौ सय मेगावाट क्षमताको जलविद्युत आयोजना हो । यसको शि’लान्यास २०७५ बैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा गरेका थिए । अरुण तेस्रोको हालसम्म करिब ४० प्रतिशत काम सकिएको बताइन्छ ।

जलविद्युत परियोजनाको निरीक्षण पछि प्रधानमन्त्री ओलीले स्थानीय जनप्रतिनिधिसँग छलफल र जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिनेछन् । सो क्रममा प्रदेश र प्रतिनिधिसभा सांसदका कुरा पनि उनले सुन्नेछन् ।

फ्या’क्सिलाबाट ३ः३० मा प्रधानमन्त्री ओली काठमाडौं फर्कने कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी आचार्यले जान’कारी दिए । ‘उदघाटन र शिलान्या¥सको कार्यक्रम तय भएको छैन, निरीक्षणको कार्यक्रम तय भएको छ,’ उनले भने, ‘यो विशु’द्ध अनुगमन भ्रम’ण हो ।’अन्लाईन खबर बाट

प्रतिकृया दिनुहोस्