आइतबार , जेठ ३०, २०७८

पाल्पाको एउटै गाउँमा फल्यो १६ लाख किलो आलु…हेर्नुहोस् ।

कार्तिक २९, २०७७ शनिबार 1

पाल्पा : गत वर्ष रामपुर नगरपालिका–६ लाई आलु पकेट क्षेत्र बनाउने अभियानले यस वर्ष सार्थकता पाएको छ । वडा कार्यालयको सहयोग र स्थानीय किसानको मिहिनेतले १६ लाख किलो आलु उत्पादन गर्ने अभियान सुरु भएको छ ।

गत वर्ष झन्डै ८ लाख किलो आलु उत्पादन भएको थियो ।
एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत ६ नम्बर वडाले आलु उत्पादनलाई जोड दिएको हो । गत वर्ष आलु लगाउने अभियान सुरु भएको हो । अनु’दानमा आलुको बीउ दिने मात्र नभई किसानलाई उत्प्रे’रणा जगाउने कार्यक्रम गरिएको वडाध्यक्ष हुम’नाथ न्यौपानेले बताए ।

जसले गर्दा वडाको अभियान यस वर्ष सफल हने भएको हो,’ उनले भने, ‘गत वर्ष झन्डै ८ लाख किलो आलु उत्पादन भएको थियो भने यस वर्ष १६ लाख किलो उत्पादन गर्ने लक्ष्यसहित लगाउन सुरु गरिएको छ ।’ गत वर्षको आलुको बीउसमेत स्याङ्जाको गल्याङ नगरपालिकाको शीतभ’ण्डारमा वडाले राखेको थियो । उक्त आलुको बी’उसमेत ल्याएर वितरण गरिसकिएको छ ।

गत वर्ष ६ सय बोरा आलुको बीउ ५० प्रतिशत अनुदानमा वडाले दिएको थियो । यस वर्ष १ हजार ३ सय बोरा ५० प्रतिशत अनुदा’नमा किसानलाई वितरण गरिएको न्यौपानेको भनाइ छ । किसान आफैंले पनि बी’उ किनेर लगाएका छन् । बि’क्रीको समस्या नभएकाले पनि उनीहरू आलु लगाउन हौसिएका छन् ।

रामपुर नगरपालिकालाई आत्म’निर्भर बनाउने मात्र होइन,’ न्यौपानेले भने, ‘यहाँबाट जिल्लाभर र जिल्लाबाहिरसमेत आलु निर्यात गर्ने लक्ष्य र उद्देश्य हो ।’ किसानले बि’क्री गर्न नसकेको आलु वडाले खरिद गरेर पनि बि’क्री गरिदिने उनले बताए ।

रामपुर नगरपालिका–६ का कृषक समूह र व्यक्तिलाई समेत ५० प्रतिशत अनु’दानमा आलुको बीउ दिइएको उनले बताए । यो वडामा मात्रै कम्तीमा ६ सय घरपरिवारले आलु लगाउन सुरु गरेका छन् । ‘धान काटेको खेतका साथै बारीमा समेत आलु लगाउनेछौं,’ नदी कि’नारा आय आ’र्जन कृषक समूहकी हुमा देवकोटाले भनिन्, ‘अघिल्लो वर्षको तुलनामा यस वर्ष दोब्बर उत्पादन गर्ने योजना छ ।’

आफूले मात्रै अघिल्लो वर्ष ४० क्विन्टलभन्दा बढी आलु बिक्री गरेको उनको भनाइ छ । सिंगो गाउँ आलु खेतीमा लागेपछि गत वर्ष नलगाउनेले पनि यस वर्ष लगाउने योजनासहित अघि बढेका छन् । १० समूहका साथै व्यक्तिगत पनि आलु लगाएका छन् । ‘आलु लगाउन सबै उत्प्रे’रित छन्,’ जनजागृति कृषि समूहका अध्यक्ष सिर्जना आचार्यले भनिन्, ‘समूहमा नबस्नेहरू पनि अहिले व्यक्तिगत रूपमै आलुलाई व्यावसायिक बनाउन कस्सिएका छन् ।’

घरमा खान पनि हुने र बिक्री गरेर आम्दानी पनि हुने भएपछि महिला बढी आक’र्षित भएको उनले बताइन् । यस वर्ष ४ सय ५० रोपनी बढी क्षेत्रफलमा आलु लगाउने तयारी भएको उनको भनाइ छ । वडा कार्यालयका अनुसार कृषि विशेष क्षेत्रका रूपमा अगाडि बढाउन गत वर्ष किसानलाई विभिन्न कृषिका मल, बीउ, प्रविधि वितरण गरिएको थियो ।

अघिल्लो वर्ष नै आलु पकेट क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यका साथ अ’नुदानमा आलुको बीउ वितरण गरेको वडा सचिव वासुदेव ढकालले बताए । ‘यस वर्षको उत्पादन रामपुर क्षेत्रमा मात्र होइन, निकासी गर्ने गरी नै हुनेछ,’ उनले भने ।

आलु खेती लगाउने प्रविधि, आलुको उत्पादन, मल’जल, रोग’कीरा नि’यन्त्रण, बजारीकरणका सम्बन्धमा किसानलाई जानकारी गराएको छ । वडा कार्यालयले किसानलाई सूचना आह्वान गरेर आवश्यक परिमाणमा निवेदन संकलन गरेको थियो । किसानले ३४ हजार किलो आलुको बीउ माग गरेका छन् । सोहीअनुसार बीउ मगाउन भने स्रो’त अ’भाव छ ।-कान्तिपुर दैनिकमा छापिएकाे छ ।

प्रतिकृया दिनुहोस्