शुक्रबार , असार ४, २०७८

प्रचण्डले ओलीलाई सिधैँ भ्रष्टाचारीको नाईके भनेपछि बालुवाटारले खोल्यो फायर, हल्लियो खुमलटार !

कार्तिक ३०, २०७७ आइतबार 2

काठमाडौ : सत्तारुढ दल नेकपामा नेताहरुको विवाद लिखित दस्तावेजमा परिणत भएपछि फेरि एकपक्षले अर्को पक्षको चर्को विरोध गर्न थालेका छन् । प्रचण्डले ओलीलाई सिधैँ भ्र’ष्टाचारीको नाईके भनेपछि वि’वाद सिरियस मोडमा पुगेको छ ।

प्रचण्डमाथि खनिदैँ बालुवाटार निकै क्रोधित बनेको छ । त्यसमा केपी ओली पक्षका केही नेताहरु निकै आ’क्रामक बन्न पुगेका छन् । शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिवालयमा पेश गरेको प्रस्तावलाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्डले उक्त प्रस्ताव फिर्ता नगरेसम्म कुनै तहको छलफल र बैठक नै नबस्ने दावी गरेका छन् ।

एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैर’जिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नां’गो भ्रष्ट्री’करण हो’, थापाले शनिबार फेसबुकमा लेखेका छन्, ‘यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन । पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उ’ल्लंघन हो ।

यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के संवाद पनि श’त्रुवत् र नि’रर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ ।’ यता नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टा’चार, अनिय’मितता संरक्षण गरेको आ’रोप लगाएका छन् ।

वाइड बडी विमान खरीद, सुरक्षण छापाखाना खरिद, सञ्चारमन्त्रीको टेप प्रकरण, यति होल्डिङ्गसँगको अपारदर्शी र शंका’स्पद कारोबार, चिनी आयात घो’टाला, को’रोना संक्र’मणको नि’यन्त्रणका लागि स्वास्थ्य सामाग्री खरी’दमा ओम्नी समूहको साँठ’गाँठ आदि प्रक’रणमा प्रधानमन्त्री ओलीले भ्रष्टाचा’रीहरूको संरक्षण गरेको आ’रोप लगाएका हुन् ।

पार्टीको कार्यकारी अध्यक्षसमेत रहेका प्रचण्डले तयार पारेको दस्ता’वेजमा भनिएको छ, “बजेट सार्वजनिक गर्नुअघि अति’गोप्य राख्नुपर्ने राजश्वका दर रेट परिव’र्तनलाई चुहा’एर विद्युतबाट चल्ने गाडी र चकलेट आयातमा अनिय’मितता जस्ता प्र’करण सार्वजनिक भए । यस्ता प्रक’रणमा मुछि’ए’काहरुको प्रतिरक्षा गरेर क। के।पी। शर्मा ओलीले भ्र’ष्टाचारलाई प्रोत्सा’हन र संरक्षण गर्नुभयो ।”

त्यस्तै प्रचण्डको प्रतिवेदनले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को स्वच्छ सरकार र सुशासनको कार्यदिशाविपरीत प्रधानमन्त्रीले सरकार चलाएको बताइएको छ । देश र जनताको आवश्यकता र आकां_क्षाप्रति संवेदनशील हुनुको साटो प्रधानमन्त्री व्य’क्तिवाद र व्यक्तिपूजातर्फ प्रवृत्त रहेको भनिएको छ ।

तत्काल नगरि नहुने काममा लाग्नु भन्दा कार्यान्वयन नहुने कुरा गरेर सस्तो लोकप्रियता आर्जन गर्नेतर्फ उहाँले बढी रुचि राख्नुभयो । भ्र’ष्टाचार, दुरा’चार, व्यभिचार र कमिशन’खोरी नियन्त्रण र समाप्त गर्नेतर्फ कुनै सार्थक पाइला चालिएन । नेपाल कम्युनिष्ट पार्टीको बहुमत प्राप्त सरकारबाट जनताले सुशासनको आशा गरेका थिए । हाम्रो पार्टीको सार्वजनिक प्रतिबद्धता पनि त्यही थियो ।

तर यस अवधिमा भ्रष्टा’चारका अनेकौं प्रकरण भए । यस्ता प्रक’रणहरुमा अख्ति’यार प्राप्त निकायले छानबिन गरी सम्बन्धित व्यक्ति नि’र्दोष वा दो’षी’ भए नभएको नि’क्र्यौल गर्नुपर्नेमा आ’रोपित व्यक्तिहरु निर्दोष रहेको घोष’णा प्रधानमन्त्री स्वयम्ले गर्नुभयो ।

आ’रोपित माथि छानबि’न समेत नहुने स्थिति सिर्जना गरियो । यसबाट जनतामा पार्टी र सरकारप्रति नका’रात्मक धारणा सिर्जना भयोे । ‘सत्तामा रहेको पार्टीभित्र भ्रष्टा’चार, विच’लन, नोकरशाही शैली, व्यक्तिवाद, पदीय अहंकार, नैतिक र चारि’त्रिक स्ख’लन र जनताबाट अलगावको प्रवृत्ति देखापर्ने खतरा अन्य बेला भन्दा प्रवल हुन्छ । यस्ता प्रवृत्तिहरुलाई सच्याउन व्यापक रुपमा अभियान सञ्चालन गर्नुपर्छ’ भनी पार्टीको राजनीतिक प्रतिवेदनको मार्ग निर्देशनको उपहास गरियो,” प्रतिवेदनमा भनिएको छ। -अन्लाईनमार्ग

प्रतिकृया दिनुहोस्