शुक्रबार , असार ४, २०७८

कतारका राजकुमार शेख मोहम्मद भन्छन – नेपाल विश्वकै एक सुन्दर देश हो !

कार्तिक ३०, २०७७ आइतबार 5

काठमाडौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आमादब्लम हिमालको आरोहण गरी स्वदेश फर्किन लाग्नुभएका कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्ला-लाई बधाई तथा सम्मान गर्नुभएको छ ।

शनिबार आयोजित कार्य-क्रममा मन्त्री भट्टराईले कोभिड–१९ महामारीबीच राजकुमार अब्दुल्ला’ले हिमाल आरोहण गरी नेपालको पर्यटन क्षेत्रमा उत्साह जगाउनु भएकामा कृतज्ञता व्यक्त गर्दै राजकुमार सहितको आरोही टोलीलाई मायाको चिनो प्रदान गरी बधाई दिनुभयाे ।

उहाँले पर्यट’कीय गतिविधि क्रमशः चलाय’मान हुँदै गएकाले अब छिट्टै नेपालको पर्यटन पुरानै लयमा फर्किने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री भट्टराईले भन्नुभयो, ‘दुई विशिष्ट व्यक्तिको हिमाल आरोह’णले नेपालको पर्यटन क्षेत्रमा उत्साह जगाएको छ । यो असाध्यै खुसीको कुरा हो । अब बिस्तारै नेपाल’को पर्यटन पुरानै लयमा फर्किँदैछ, त्यसैले विदेशी पाहुनालाई स्वास्थ्य माप’दण्ड पालना गरी नेपाल भ्रमणमा आउन आग्रह गर्दछु ।’

राजकुमार सहित १३ सदस्यीय टोलीले यही कात्तिक २६ गते बिहान ११ः२० बजे ६ हजार ८१४ मिटर अग्लो आमा’दब्लमको सफल आरोहण गरेको पर्यटन विभा:गले जनाएको छ । त्याे आरोहण आमा’दब्लम हिमालमा शरद ऋतुको पहिलो थियो ।

राजकुमार सहितको आरोही टोलीमा ६ आरोही सदस्य थिए । त्यसमा केही अमेरिकी र क्या’नडाली पनि सह-भागी थिए । त्यस आरोहणमा म्यारेट मेडि’सिनको नेतृत्वमा ६ विदेशी र आठ नेपाली सह’भागी थिए ।

सन् २००९ देखि नेपाल आउन थाल्नु-भएका राजकुमार अब्दुल्ला’को यो आठौँ भ्रमण हो । सन् २०१३ मा सगर’माथा आरोहण गर्नुभएका उहाँ तीन पटक त्यस हिमालको आधार शिविर पुग्नु’भएको थियो ।

नेपालका अन्य पर्यट-कीय गन्तव्यको स्वाद लिनु’भएका अब्दुल्लाले नेपालको प्राकृ-तिक सुन्दरता र आतिथ्य सत्कार’बाट आफू प्रभावित रहेको जनाउँदै नेपाल विश्व’कै सुन्दर देश भएका’ले फेरि पनि नेपाल आउने चाहना प्रकट गर्नुभयो ।

उहाँ आइ’तबार स्वदेश फर्कने जनाइ’एको छ । यसअघि बहराइनका राज’कुमार नासिर बिन हामिद अल खलिफा-सहितको रोयल फोर्स:को टोली आठ हजार १६३ मिटरको मनास्लु हिमाल चढेर कात्तिक पहिलो हप्ता स्वदेश फर्कि’एको थियो ।उज्यालोअनलाइन

प्रतिकृया दिनुहोस्