शुक्रबार , असार ४, २०७८

पाँचै वर्ष प्रधानमन्त्री दिए तर भ्रष्टाचारीका बाऊछोरालाई जोगाउन सकिन – प्रचण्ड !

मंग्सिर १, २०७७ सोमबार 26

काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्र,ष्टा.चार, ‘ संरक्षण गरेको आरो’प लगाएका छन् ।

वाइड बडी विमान खरीद, सुरक्षण छापाखाना खरिद, सञ्चारमन्त्रीको टेप प्रकरण, यति होल्डिङ्गसँगको अपारदर्शी र शंका’स्पद कारोबार, चिनी आयात घो’टाला, को’रोना संक्र’मणको नि’यन्त्रणका लागि स्वास्थ्य सामाग्री खरीदमा ओम्नी समूहको साँठगाँठ आदि प्रक’रणमा प्रधानमन्त्री ओलीले भ्रष्टाचा’रीहरूको संरक्षण गरेको आ’रोप लगाएका हुन् ।

पार्टीको कार्यकारी अध्यक्षसमेत रहेका प्रचण्डले तयार पारेको दस्तावेजमा भनिएको छ, “बजेट सार्वजनिक गर्नुअघि अतिगोप्य राख्नुपर्ने राजश्वका दर रेट परिवर्तनलाई चु’हाएर विद्युतबाट चल्ने गाडी र चकलेट आयातमा अनि’यमितता जस्ता प्रकरण सार्वजनिक भए । यस्ता प्रकरणमा मुछि’एकाहरुको प्रतिरक्षा गरेर केपी. शर्मा ओलीले भ्र’ष्टाचारलाई प्रोत्साहन र संरक्षण गर्नुभयो ।”

त्यस्तै प्रचण्डको प्रतिवेदनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्वच्छ सरकार र सुशासनको कार्यदिशाविपरीत प्रधानमन्त्रीले सरकार चलाएको बताइएको छ । देश र जनताको आवश्यकता र आ’कांक्षाप्रति संवेद’नशील हुनुको साटो प्रधानमन्त्री व्यक्ति’वाद र व्यक्तिपूजातर्फ प्रवृत्त रहेको भनिएको छ ।

“तत्काल नगरि नहुने काममा लाग्नु भन्दा कार्यान्वयन नहुने कुरा गरेर सस्तो लोकप्रियता आर्जन गर्नेतर्फ उहाँले बढी रुचि राख्नुभयो । भ्र’ष्टाचार, दु’राचार, व्यभि’चार र कमि’शनखोरी नियन्त्रण र समाप्त गर्नेतर्फ कुनै सार्थक पाइला चालिएन । नेपाल कम्युनिष्ट पार्टीको बहुमत प्राप्त सरकारबाट जनताले सुशासनको आशा गरेका थिए ।

हाम्रो पार्टीको सार्वजनिक प्रतिबद्धता पनि त्यही थियो । तर यस अवधिमा भ्रष्टा’चारका अनेकौं प्र’करण भए । यस्ता प्रक”रणहरुमा अख्ति’यार प्राप्त निकायले छानबिन गरी सम्बन्धित व्यक्ति निर्दोष वा दो’षी भए नभएको नि’क्र्यौल गर्नुपर्नेमा आ’रोपित व्यक्तिहरु निर्दोष रहेको घो’षणा प्रधानमन्त्री स्वयम्ले गर्नुभयो ।

आ’रोपित माथि छानबिन समेत नहुने स्थिति सिर्जना गरियो । यसबाट जनतामा पार्टी र सरकारप्रति नकारात्मक धारणा सिर्जना भयोे । ‘सत्तामा रहेको पार्टीभित्र भ्र’ष्टाचार, विचलन, नोकरशाही शैली, व्यक्तिवाद, पदीय अहं’कार, नैतिक र

चारित्रि’क स्ख’लन र जनताबाट अलगावको प्रवृत्ति देखापर्ने खतरा अन्य बेला भन्दा प्रवल हुन्छ । यस्ता प्रवृत्तिहरुलाई सच्याउन व्यापक रुपमा अभियान सञ्चालन गर्नुपर्छ’ भनी पार्टीको राजनीतिक प्रतिवेदनको मार्ग निर्देशनको उपहास गरियो,” प्रतिवेदनमा भनिएको छ।

प्रतिकृया दिनुहोस्