शुक्रबार , असार ४, २०७८

ओलीले एमसीसीसँग अर्को गोप्य सम्झौता गरेको प्रचण्डको खुलासा…हेर्नुहोस् ।

मंग्सिर १, २०७७ सोमबार 3

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीसँग गोप्यरूपमा पत्राचार गरी नयाँ सम्झौता गरेको खुलासा गरेका छन् ।

पार्टी सचिवालय बैठकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री ओलीको सोच कम्युनिस्ट पार्टीको सिद्धान्त र मान्यता वि’परित रहेको समेत उल्लेख गर्दै प्रचण्डले यस्तो खुलासा गरेका छन् । कमरेड ओलीको सोच र कार्यशैली कम्युनिस्ट पार्टीको संगठनात्मक सि’द्धान्त र मान्यताहरूको विल्कुल वि’परित रहेको छ।

बैठक, छलफल र बहसप्रति अरूचि, आफ्नो व्यक्तिगत निर्णयलाई समूहले जिम्मे’वारी लिइदिनु पर्ने आग्रह, भिन्न विचार, मत र प्रवृत्तिप्रति चरम असहिष्णुता वा आँखा चिम्लेर मलाई समर्थन गर अन्यथा निषेध हुन र निरं’कुशता सामना गर्न तयार होऊ।

बहुमतको निर्णय म मान्दिनँ, मेरो निर्णय बहुमतले मान्नु पर्छ भन्ने मान्यता नै कमरेड ओलीका संगठनात्मक मान्यता हुन्। स्पष्ट छ कि यसप्रकारको सोच र शैलीको कम्युनिस्ट पार्टीको सिद्धान्त श्रमजीवि वर्गको स्वार्थसँग कुनै सम्बन्ध छैन। बरु उपरोक्त सोच र शैलीको सिधा सम्बन्ध बुर्जुवा अराजकतावादी व्यक्तिवाद र सामन्ती नि’रंकुशतासँग रहेको हुन्छ,’ प्रचण्डले आफ्नो प्रतिवेदनमा भनेका छन्।

प्रधानमन्त्री ओलीले पार्टीमा कार्यविभाजन गर्नेदेखि लिएर राजकीय जि’म्मेवारी प्रदान गर्ने कार्यमा गुट’बन्दीको अभ्यास गरेको भन्दै पार्टी पदहरू निजी सम्पत्ति झैं वितरण गर्दै षड्य’न्त्रपूर्ण क्रियाकलाप र गुट’बन्दीपूर्ण सत्ताको खेलमा लागेको ठहर गरेका छन्। प्रधानमन्त्रीको यस्ता क्रियाकलापले पार्टीका कार्यकर्ता र सदस्यहरू दुखित भएको र जनता असन्तु’ष्ट बन्दै गएको समेत प्रचण्डले प्रतिवेदनमा भनेका छन्।

आफू निकट ठानिएका व्यक्तिलाई पार्टी विधान विपरीत स्थायी कमिटी, के’न्द्रीय कमिटी र प्रदेश कमिटीका सदस्य बनाउने र निकट नठानिएकालाई योग्यता, क्षमता, लामो योगदान र भूमिका हुँदाहुँदै पनि जिम्मे’वारीविहीन तुल्याउने र बाध्यतावश जिम्मेवारी दिइएकालाई पनि काम गर्न अ’वरोध सिर्जना गर्ने काम गर्नुभयो,’ प्रचण्डले प्रतिवेदनमा भनेका छन्।

राजकीय हैसियतको दु’रुपयोग गर्दै आफूप्रति असहमत हुनेहरूलाई प्रतिशो’धपूर्ण किसिमले किनारा लगाउने र प्र’हार गरेको आरो’प समेत प्रचण्डले ओलीलाई लगाएका छन्।

‘पार्टीमा गुटबन्दी गर्दै पार्टी सदस्य नभएका र भर्खरै पार्टीमा आएका बुर्जु’वाहरूलाई महत्वपूर्ण जिम्मेवारी दिएर पार्टीमा लामो समय काम गरेकाहरूलाई किनारा लगाउने काम गर्नुभयो। सामूहिकता, कम्यु’निस्ट आचरण, जनवादमा आधारित केन्द्रीयताको शैली र कुशल नेतृ’त्वका गुण उहाँमा विल्कुल देखिएनन्,’ उनले भनेका छन्, ‘उहाँ फुटाउ र शासन गर भन्ने मान्यतामा हिँड्न थाल्नुभयो।

आफू अप्ठ्या’रोमा पर्दा आफ्ना समकक्षी नेताहरुलाई विभिन्न लोभ, प्रलोभन देखाउने र सहमत नभएमा डर, धाक, धम्की र चरित्र ह’त्या जस्ता घृबणित हतियार प्रयोग गर्न उहाँ हि’च्किचाउनु भएन।’ फाउण्डेशनको नाममा राज्यशक्तिको दुरुपयोग गर्दै देशव्यापी रुपमा गुट संयन्त्र निर्माण गर्न प्रोत्साहन गरेको आरो’प लगाउँदै प्रचण्डले पार्टीमा ध्रुवी’करण गर्दै सत्ताको खेलमा तल्लीन रहेको प्रतिवेदनमा उल्लेख गरेका छन्।

देशले को’राना महामा’री सामना गर्नुपरिरहेको र राजनीतिकर्मीले समेत नि’स्क्रिय रहनु परेको मौका छोपी कानुन र राजनीतिक मर्यादा विपरित पूर्व प्रहरी प्रमुख र आफ्नै पार्टीका सांसदलाई काठमाडौंबाट महोत्तरी पठाएर अर्को पार्टीका सांसदलाई रातारात झिकाउने जस्तो कार्यले हाम्रो पार्टीको मात्र होइन देशकै शिर निहुरियो।

पार्टी विभाजनकारी अध्यादेशका विरु’द्ध देशमा सशक्त आवाज उठेपछि हाम्रो पार्टीका सांसदहरूलाई सरकारी निवास बालुवाटारमा बोलाएर भेला गर्ने, आफ्नो पक्षमा हस्ताक्षर गराउने, बालुवाटार जान नमान्ने वा हस्ताक्षर गर्न अस्वी’कार गर्ने कतिपय सांसदलाई धम्क्याउने र तर्साउने तथा राज्यशक्तिको दुरु’पयोग गरी घरघरमा गएर बालुवाटार ल्याउने जस्तो काम प्रधानमन्त्री निकट भनिनेहरूबाट भएका तथ्य सार्वजनिक भइनै सकेका छन्,’ प्रचण्डले प्रतिवेदनमा भनेका छन्।

प्रधानमन्त्री ओली भ्र’ष्टाचारलाई प्रोत्साहन र संरक्षण गरेको आरोप समेत प्रचण्डले लगाएका छन्। वाइड बडी विमान खरिद, सुरक्षण छापाखाना खरिद र सञ्चारमन्त्रीको टेप प्रकरण, यति होल्डिङसँगको अपा’रदर्शी र शंका’स्पद कारोबार, चिनी आयात घो’टाला, कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहको साँठगाँठ र अनियमिता, बजेट सार्वजनिक गर्नुअघि अति’गोप्य राख्नुपर्ने राजश्वका द’ररेट परिवर्तन चुहाएर विद्युतबाट चल्ने गाडी र चकलेट आयातमा अनियमितता जस्ता प्रकरण सार्वजनिक भए,’ उनले भनेक छन्, ‘यस्ता प्र’करणमा मु’छिएकाको प्रतिरक्षा गरेर कमरेड ओलीले भ्रष्टा’चारलाई प्रोत्साहन र संरक्षण गर्नुभयो।’

सचिवालयको बैठकमा प्रस्तुत प्रस्तावः

प्रिय कमरेडहरु,

सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा समेत असाधारण उत्साह र उर्जा प्रदान गर्दै अघि बढेको पार्टी एकता प्रक्रियाले आज निकै ठूलो अन्योल र गतिरोधको सामना गरिरहेको छ। पार्टीमा उत्पन्न अविश्वास, आशंका र अन्तरवि’रोध समाधान गर्ने अनेकौं प्रयासहरु भए पनि अपेक्षित सकारात्मक परिणाम आउन भने सकेको छैन।

यस सन्दर्भमा पछिल्लो र ग’म्भीर प्रयासका रुपमा गत भदौ २६ गते सम्पन्न गरिएको स्थायी कमिटीका निर्णय पनि कार्यान्वयमा जान सकेका छैनन्। बरु दिन बित्दै जाँदा र घ’टनाक्रम अगाडि बढ्दै जाँदा अविश्वास र अन्त’रवि’रोध पनि बढ्दै गएका छन्।

यो स्थितिले पार्टी र जन–समुदायमा झन् पछि झन् अन्योल र निराशा बढाइरहेको छ। कोभिड–१९ महामारीबाट आक्रान्त जन–समुदायमा सरकारका अस’न्तुलित नीति र व्यवहारप्रति असन्तुष्टी बढ्दो छ। यही स्थिति कायम रही रहने हो र तत्काल निर्वाचन हुने हो भने पार्टीले निकै ठूलो चुनौती सामना गर्नुपर्ने स्थिति छ।

शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट निर्वाचन मार्फत सरकार बनाई राज्यको नेतृत्व गरेर सामाजिक आर्थिक रुपान्तरण गर्ने, सामाजिक न्यायसहितको समृद्धि हासिल गर्दै समाजवादी आधार तयार गर्ने र अन्ततः समाजवाद निर्माण गर्ने ऐतिहासिक अवसर हामीलाई प्राप्त भएको छ। तर, सरकारको नेतृत्वले पार्टीको राजनीतिक कार्यक्रम तथा घोषणा पत्रलाई अवज्ञा गर्ने, पार्टीको मार्ग निर्देशनमा सरकार सञ्चालन गर्ने मान्यतालाई अस्वीकार गर्ने र सुशासन एवम् जनमुखी काम आचरणको उपेक्षा गर्दै अघि बढ्ने हो भने यो ऐतिहासिक अवसर हेर्दाहेर्दै गुम्न सक्ने खतरा र चुनौती हाम्रा अगाडि देखा पर्दै जान थालेको छ।

यस्तो स्थिति क्षम्य हुन सक्ने छैन।

आज कम्युनिस्ट आचरण र मूल्य मान्यतामा भयानक ह्रास आइरहेको छ। नेतृत्व तहदेखि स्थानीय स्तरसम्म पद र पैसाका निमित्त जे पनि गर्न उद्धत हुने घोर व्यक्तिवादी र अराजकताजवादी प्रवृत्ति झाँगिँदै गएको छ। क्रान्तिकारी आचरण र लोकतान्त्रि’ककरणको प्रक्रिया वि’लोप हुँदैछ। वैचारिक बहस गर्ने, सैद्धान्तिक अध्ययन, अ’नुसन्धान गर्ने, कम्युनिस्ट आदर्श, विधि र पद्धतिको विकास र पालना गर्ने प्रश्नहरुमा ध्यान दिने फुर्सद कसैलाई नभएको जस्तो देखिँदैछ।

पार्टी र सरकारको सम्बन्धमा आपसी तालमेल र समन्वयको ठूलो अभाव छ। पार्टीले आफ्नै सरकारलाई र सरकारले आफ्नै पार्टीलाई सहयोग नगर्ने प्रवृत्ति बढ्दो छ। हाम्रो आजको संवैधानिक र राजनैतिक व्यवस्था अन्तर्गत पार्टीले सत्ता चलाउने सैद्धान्तिक प्रश्नको व्यावहारिक निरुपण हुन सकिरहेको छैन। यथार्थमा आज पार्टीले सत्ता होइन, सत्ताले पार्टी चलाउने जस्तो उल्टो व्यवहार भइरहेको छ।

वाम गठबन्धन र कम्युनिस्ट एकताबाट अतालिएका देश भित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरू हाम्रो यो स्थितिबाट हौसिँदै नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अख’ण्डताका वि’रुद्ध तथा हाम्रो पार्टी र कम्युनिस्ट आ’न्दोलनका विरु’द्धको आफ्नो षड्य’न्त्रलाई नयाँनयाँ रुपमा अगाडि बढाइरहेका छन्। आफ्नो रणनीतिलाई अगाडि बढाउने सन्दर्भमा हालै विभिन्न अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको बीचमा भएको सामरिक र अन्य सम्झौताले हाम्रो राष्ट्रिय स्वतन्त्रता र स्वतन्त्र एवम् असलग्न परराष्ट्र नीतिको अगाडि नयाँ चुनौ’ती थपिएका छन्।

उपरोक्त स्थितिले हाम्रो संविधान, संघीय लोक’तान्त्रिक ग’णतन्त्र एवम् नेपाल कम्युनि’स्ट पार्टीका अगाडि निकै नै ग’म्भीर समस्या खडा गरेका छन्। यी ग’म्भीर र जटील समस्याहरुको सामना अब स–साना प्राविधिक जोड घटाउ वा पदीय भागवण्डाबाट गर्न असंभव छ।

यसका निमित्त वैचारिक–राजनैतिक कार्यदिशा, संगठनात्मक विधि–पद्धति र कम्युनिस्ट आच’रणका बारेमा गम्भीर समिक्षासहित समुचित निकास खोज्नु अनिवार्य छ।

वस्तुतः, अन्ततः र मुख्यतः पार्टी र सरकारको उप’रोक्त स्थितिका लागि पार्टी र सरकार दुवैको मुख्य नेतृत्वमा रहेका कमरेड केपी शर्मा ओलीका व्यक्तिवादी, गुट’वादी र एकाधिकारवादी सोच र कार्यशैली प्रमुख रुपमा जि’म्मेवार रहेका छन्।

वैचारिक–राजनैतिक प्रश्नदेखि पार्टी र संगठनात्मक विधि, पद्धति र आचरणका सम्बन्धमा पार्टी एकताका बेलामा गरिएका प्रबन्ध र निर्णयहरुको निरन्तर अति’क्रमणद्वारा कमरेड केपी शर्मा ओलीले आफू चरम व्यक्तिवादी, गुट’वादी सावित गर्नुभएको छ।उहाँमा विद्यमान यो प्रवृत्तिको व्यापक चिरफार पार्टी, आ’न्दोलन र देशकै निमित्त आवश्यक हुन गएको छ। यो कुनै व्यक्तिगत आग्रह पूर्वा’ग्रहको कुरा होइन अपितु पार्टी निर्माण र देश निर्माणको अनिवार्य सर्त हो।

प्रतिकृया दिनुहोस्