शुक्रबार , असार ४, २०७८

खुसीको खबर – कोरोना भाइरस वि’रुद्व ९५ प्रतिशत प्रभा’वकारी मानिएको अर्को खोप आयो…हेर्नुहोस् ।

मंग्सिर १, २०७७ सोमबार 2

एजेन्सी : कोभिड १९ वि’रुद्धको खोप विकासमा जुटिरहेका वैज्ञानिकहरुलाई थप सफलता मिलेको छ । अमेरिकी कम्पनी मोडर्नाले विकास गरिरहेको खोप ९५ प्रतिशत प्रभा’वकारी भएको विकासकर्ता कम्पनी मोडर्नाले जनाएको छ ।

बीबीसीका अनुसार, मोडर्नाले ‘महान’ दिन भन्दै प्रयोगका लागि अनुमति लिन केही सातामै आवेदन दिने बताएको छ । उक्त खोप अमेरिकामा तीस हजार जनालाई दुई डोज चार साताको अन्तरमा दिइएको थियो । तर, यसले कति लामो प्रति’रोधी क्षमता कायम राख्छ भन्ने निश्चित भइसकेको छैन् ।

कोभिड खोप विकास र यससम्बन्धी अनुसन्धानका लागि मोडर्नालाई अमेरिकी सरकारले १ विलियन डलरको कोष प्रदान गरेको छ । कम्पनीले १० करोड डोज भ्या’क्सिन उपलब्ध गराउन लागि साढे १ विलियन डलरको सम्झौता समेत गरिसकेको छ ।

फाइजर र यसको साझेदार जर्मन कम्पनी बायोएनटेकले गत साता एक विवरण सार्वजनिक गर्दै आफूले तयार गरेको खोप ९० प्रतिशत सफल रहेको जनाएका थिए । अहिले विश्वमा ११ कम्पनीको खोपको परीक्षण अन्तिम चरणमा छ । बेलायतमा मात्र ६ वटा कम्पनीलाई मानव परीक्षण गर्न अनुमति दिइएको छ ।

काठमाडौं उपत्यकामा थप ५ सय १ जनामा संक्रमण, कुल संक्रमित ९९ हजार नाघ्यो !

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५ सय १ सं’क्रमित फेला परेका छन् । जस्मा २ सय १२ महिला र पुरुष २ सय ८९ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय १ संक्र’मित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ९९ हजार ३ सय ५९ पुगेको छ ।

योसंगै काठमाडौंमा ७८ हजार ६ सय ५०, जना, ललितपुरमा ११ हजार ३ सय ७९, भक्तपुरमा ९ हजार ३ सय ३० जना संक्रमित पुगेका छन् ।काठमाडौं उपत्यकामा निको हुनेको संख्या ७९ हजार २५ र स’क्रिय संक्र’मितको संख्या १७ हजार ६ सय ७१ पुगेको छ ।

प्रतिकृया दिनुहोस्