शुक्रबार , असार ४, २०७८

खानाका लागि खुलामञ्चमा पुगेका सर्वसाधारणलाई भाइटीका !

मंग्सिर १, २०७७ सोमबार 2

काठमाडौ : लकडाउनका कारण समस्यामा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले आज भाइटीकाको दिन सर्वसाधारणहरुलाई टीका लगाइदिएको छ । गत वर्षको चैत १४ गतेबाट काठमाडौंको

खुलामञ्चमा निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले आज सर्वसाधारणलाई भाइटीका लगाइदिएको हो । यो वर्ष आफ्ना दिदीबहिनीहरुबाट टाढा भएपनि खुलामञ्चमा हाम्रो टीम नेपालका सदस्यहरुबाट भाइटीका लगाइदिंदा सर्वसाधारणहरु खुसी देखिएका छन् । लक डाउनपछि निरन्तर खाना खुवाइरहेको सो समूहले दशैंमा पनि सर्वसाधारणहरुलाई टीका र जमरा लगाइदिएको थियो ।

मंसिर २ गतेबाट भने खुलाञ्चमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ । काठमाडौं महानगरपालिकाले स्वस्थ्य सुरक्षाको जोखिमलाई मध्यनजर गर्दै खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको हो । महानगरपालिकाले व्यवस्थित ठाउँमा खाना खुवाउने व्यवस्थापन गर्न आग्रह गर्दै सक्दो सहयोग गर्ने पनि जनाएको छ ।

यो पनि
हिमाली जिल्ला म्याग्दी र मुस्ताङका विभिन्न ठाउँमा हिमपातसँगै चिसो बढ्यो !

म्याग्दी : हिमाली जिल्ला म्याग्दी र मुस्ताङका विभिन्न ठाउँमा आज हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । हिमपात र चिसोले तिहारको भाइटीकालाई असर गरेको छ ।

मुस्ताङका लोमान्थाङ र लोघेकर दामोद’रकुण्ड गाउँपालिकाका अधिकांश भूभागमा हिउँ परेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने मुक्तिनाथ सपासका क्षेत्रमा पनि हिमपात भएको स्थानीयवासीले बताएका छन् ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले छोसेर, कोरला, छोनुप, समजुङ, चुमजुङ, नाम्डो, लोमान्थाङ, चराङ, मराङलगायत बस्तीमा हिमपात भएको जानकारी दिनुभयो । “केही दिनयता बढेको चिसोले धाराको पानी जम्न थालेको थियो,” उहाँले भन्नुभयो “आजको हिउँले चिसो बढेर जनजीवनलाई प्रभा’वित बनाएको छ ।”

हिमपातसँगै खोला, पँधेरा र धारामा पानी जमेको छ । उपल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीमा झरेको छ । सडकमा सवारी साधन आवतजावत गर्न समस्या भएको छ । हिउँले चरन क्षेत्र पुरिएपछि स्थानीयवासीले याकचौँरी, भेंडाच्याङ्ग्रा, घोडा, खच्चरलगायत पशुचौ’पायालाई गोठमै बाँधेर राख्न थालेका छन् ।

विगत वर्षमा उपल्लो मुस्ताङका बासिन्दा चिसो बढेपछि म्याग्दी, कास्की, काठमाडौँ, चितवन, रुपन्देही, बागलुङ, पर्वतलगायत जिल्लामा घुम्ती व्यापारका लागि आउँथे । यसपालि को,रोना महामा,रीको जो’खिमका कारण स्थानीयवासी जाडो छल्न बेंसी झरेका छैनन् ।

मुस्ताङ सदरमुकाम जोमसोम आसपासका डाँडामा पनि हिउँ परेर सेताम्मे भएको छ । यसैगरी म्याग्दीको धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा र अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीमा पनि चिसो बढेपछि जनजीवन क’ष्टकर भएको छ ।

गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले गाउँ नजीकैका डाँडा हिउँले सेताम्मे भएको, चिसो बढेको र सर्वसाधारणले घरभित्रै बसेर तिहार मनाएको जानकारी दिनुभयो । चिसो बढेपछि म्याग्दीका कृषकले चरणका लागि लेकाली क्षेत्रमा लगेका पशु गोठ बेंसी झार्न थालेका छन् ।

प्रतिकृया दिनुहोस्