शुक्रबार , असार ४, २०७८

नेपालकै अग्लो’ शिवको मूर्ति निर्माण अन्तिम चरणमा…हेर्नुहोस् ।

मंग्सिर २, २०७७ मंगलबार 4

पोखरामा ‘नेपालकै अग्लो’ शिवको मूर्ति निर्माण भइरहेको छ । पोखरा आउने पर्यटकको बसाइ लमब्याउन र भारतीय पर्यटकहरुलाई मध्य’नजर गर्दै मू’र्ति स्थापना गर्न लागिएको हो । एकै ठाउँबाट रमणीय दृश्य अवलो’कन गर्न सकिने गरी पोखरा

महानगरपालिका पुम्दी’कोटमा ५२ फिट अग्लो शिव मू’र्ति निर्माण गरिएको हो । पोखरामा नेपालमै अग्लो दाबी गरिएको शिवको मूर्ति निर्माणको काम अन्तिम च’रणमा पुगेको छ । मूर्ति निर्माणको काम ४५ प्रतिशत सकिएको छ । ४० करोड रुपैयाँको लागतमा निर्मा’णाधीन मूर्तिले यहाँको धार्मिक पर्यटन प्र’वर्द्धन हुने विश्वास लिइएको छ ।

पुम्दीकोटकोट विकास समितिले मन्दिर निर्माणको काम तीव्रग’तिमा गरिरहेको छ । भवन निर्माण र मू’र्ति जडानको काम चलिरहेको छ । ५२ फिट अग्लो शिवजीको बसेको मूर्ति राख्न लागिएको हो ।

संस्कृ’ति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रव’र्द्धन र विकासका लागि नेपालका १०० पर्यटकीय गन्तव्य घोषणा गरेको थियो । त्यसैमा परेको पोखरा महानगरपालिका–२२, पुम्दीकोटमा स्थापित तथा पर्यटन गरिनुपर्ने गन्तव्यमा सूचीकृ’त गरेसँगै त्यसलाई पर्यटकीय तथा धार्मिक क्षेत्र बनाउन स्थानीयहरु उत्साही भएका छन् ।

पुम्दीकोटबाट पोखरा उपत्यकासहित हिमशृंखला, फेवाताल एकै नजरबाट अवलोकन गर्न सकिने पुम्दीमकोट विशाल महादेव मूर्ति निर्माण तथा पर्यटन पर्यटन समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिनुभयो ।

पोखराबाट करिब २० मिनेटको सवारी–साधनमार्फत् पुग्न सकिने यो ठाउँमा भगवान् शिवको मूर्तिसँगै हिमशृं’खला, सूर्योदय, स्याङ्जा, पर्वत र फेवातालसँगै पोखरा बजारलाई नियाल्न सकिन्छ । मू’र्ति निर्माणमा के’न्द्र सरकार, प्रदेश सरकार र पोखरा महानगरसमेत विभिन्न व्यक्ति र संस्थाहरुले सहयोग गरेका छन् ।

मूर्ति निर्माणका लागि २०७३ सालमा महायज्ञ लगाएर छ करोडभन्दा बढी नगद र जग्गा प्राप्त गरेको थियो । पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यअनुसार पहिलो चरणमा मूर्तिसहित गणेशले परिक्रमा गरिरहेको १०८ शि’वलिंग, १०८ स्वर्ग’द्वारी सिंढी, सुमेरु पर्वतलगायत निर्माण हुनेछ ।

दोस्रो चर’णमा गुरु महा’राज आश्रम, हरियाली बगैंचा, शान्तिस्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, ध्यान केन्द्र, पार्किङस्थललगायत संर’चना निर्माण गर्ने योजना छ । मूर्ति बनेपछि महत्वपूर्ण गन्तव्य थपिने विश्वास स्थानीयले लिएका छन् ।

पुम्दीकोटबाट फेवातालसहित पोखरा, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिम’शृंखला एकसाथ देख्न सकिन्छ । समुद्र सतहदेखि झन्डै एक हजार ५०० मिटरको उचाइमा रहेको पुम्दीकोटमा दृश्या|वलोकनका लागि शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा भ्यूटाव’रसमेत निर्माण गरिएको छ । रुपान्तर

प्रतिकृया दिनुहोस्