शुक्रबार , असार ४, २०७८

सेवाबाट अवकाश लिने तयारी गरेका टिचिङ अस्पतालका मुटुरोग विशेषज्ञ डा.सुनील झाको कोरोनाका कारण नि’धन !

मंग्सिर २, २०७७ मंगलबार 2

काठमाडौं : टिचिङ अस्पतालका मुटु’रोग विशेषज्ञ डा।सुनील झाको को’रोनाका कारण निध’न भएको छ । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ तथा प्राध्यापक डा।झाको हिजो निधन भएको हो ।

एक महिनाअघि को’रोना पु’ष्टि भएपछि उपचार गराइरहेका उनको हिजो नि’धन भएको हो । झा केहीसमय देखी नि’मोनियाले ग्र’सित थिए । उनको तीन सातादेखि भे’न्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।६२ वर्षीय झाले एक वर्षपछि सेवाबाट अवकाश लिने तयारी गरेका थिए ।

प्रदेश १ मा ५६ जना सं’क्रमित थपिँदा ७ सय ४० डि’स्चार्ज !

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५६ जना कोरोना संक्र’मित थपिएका छन् भने ७ सय ४० जना डि’स्चार्ज भएका छन् । होम आई’सोलेसनबाट ७ सय ३४ र विराटमेडिकल कलेजबाट ६ जना डि’स्चार्ज भएका हुन ।
हालसम्म डि’स्चार्ज हुनेको संख्या १८ हजार ८ सय ६८ पुगेको छ ।

मोरंङमा ३१, झापामा १७, सुनसरीमा ४, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १९,
उर्लाबारीमा ८ र मिक्लाजुङमा ४, झापाको दमकमा १०,

गौरादहमा ५, गौरीगञ्ज र मेचीनगरमा १–१, सुनसरीको
बराहक्षेत्रमा २, देवानगञ्ज र इनरुवामा १–१, इलाममा १ र प्रदेश १ बाहिरको ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा सोमबार १ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २० महिला र ३६ पुरुषको रिपोर्ट पोजे’टिभ आएको हो । हालसम्म १ लाख ७९ हजार २ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्