आइतबार , जेठ ३०, २०७८

प्रभुको लिलामै टिकिरहेको नेकपा – फेरि भयो चिनियाँ राजदूतको इन्ट्री !

मंग्सिर ३, २०७७ बुधबार 0

काठमाडौं : नेपालकै सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) टिठ लाग्दो अवस्थामा पुगेको छ । २०७४ सालको निर्वाचनमा पहिलो र तेस्रो ठूला दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि सबैभन्दा ठूलो र सबैभन्दा बढी मतसहित ठूलो संसदीय दल बनेर स्पष्ट बहुमतसहित पाँच

वर्षका लागि सत्ता संचालनको म्यान्डेट पाएको भए पनि नेकपाबीच निकै नै खटपट चलिरहेको छ । सत्ता र शक्तिको उन्मादमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष (तत्कालीन एमालेका अध्यक्ष) केपी शर्मा ओलीले अर्का अध्यक्ष (तत्कालीन माओवादीका अध्यक्ष) पुष्पकमल दाहाल प्रचण्डलाई थिचोमिचोमा पारिरहेपछि अहिले सबैभन्दा ठूलो आइलागेको हो ।

त्यतिमात्र हैन ओलीले तत्कालीन एमालेभित्रैका दुई पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनालका साथै तत्कालीन एमालेका उपाध्यक्षहरु बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल लगायतलाई समेत पनि त्यत्तिकै है’सियतविहीन बनाउन खोजेपछि एमालेभित्रै ओलीको रवैयाप्रति चरम अस’न्तुष्टि छ ।

चिनियाँ राजदूत यान्छी कुटनीतिक मर्यादा नाघेरै मैदानमा
यति हुँदासमेत कुनै गल्ती महसुस नगरेका ओलीको पद र प्रतिष्ठा बचाउन फेरि पनि प्रभुकै लिला अप’रम्पार देखिएको छ । नेकपामा जति जति बेला संकट आइलाग्छ त्यति नै बेला प्रभुले दर्शन दिएर समस्या समाधान गरेजस्तै फेरि एक पटक झुल्किएकी छिन् नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी ।

उनी बिना कुनै मर्यादा पालना गर्दै फेरि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छिरेर पार्टी फुटबाट बचाउन प्रयत्न गरिरहेकी छिन् । उनी मंगलबार मध्य’रातमा ओलीलाई भेट्न बालुवाटार पुगेकी हुन् । ओलीले दुई घण्टा यान्छीसँग छलफल गरेको बताइएको छ । यान्छीले प्रधानमन्त्री ओलीलाई राति ८ः१० देखि १०ः१० बजेसम्म दुई घण्टा बालुवाटारमा गएर छलफल गरेकी हुन् ।

प्रचण्डको कम’जोरी चिनियाँ सरकार भएकाले पनि यान्छीले ओलीलाई भेटेसँगै प्रचण्ड फेरि पछाडि हट्ने संकेत आइसकेको छ । नेकपाको एकताका बेलादेखि नै सक्रि’य हुँदै आएकी यान्छीले जति पटक नेकपामा सं’कट आइलाग्छ त्यति नै बेला आफ्नो म’र्यादा बिर्सेरै भए पनि पार्टी फुटबाट जोगाउन अहम् भूमिका खेल्छिन् ।

नेकपा नेताहरुबीच बढेको विवादले पार्टी नै विभाजनको सम्मुखमा पुगेपछि गत बैशाख र असारमा पनि राजदूत यान्छी यसैगरी स’क्रिय भएकी थिइन् । सचिवालयमा ओली अल्पतमा परेपछि यान्छीले प्रचण्ड र माधव नेपालसँग अलगअलग भेटेर ओलीलाई सघाउन दबाब दिएकी थिइन् । यसैगरी असारमा पनि यान्छीले प्रचण्ड, नेपाल र खनालसँग भेट गरी वि’वाद मिलाउन दबाब दिएपछि ओलीको पद जोगिएको थियो ।

पटक पटक है’सियत बिर्सदै राष्ट्रपति भण्डारी

एकातिर यान्छी र अर्कातिर राष्ट्रपति विद्यादेवी भण्डारीले पनि मर्यादा नै नाघेर नेताहरुलाई भेटेर पार्टी जोगाउन आग्रह गरेसँगै फेरि एकपटक नेकपाको सं’कट टर्ने अनुमान गरिएको छ ।

भण्डारीले यसअघि नेकपा उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर पार्टीको विवा’द मिलाउन निर्देशन दिएकी थिइन् भने मंगलबार अध्यक्ष प्रचण्डलाई नै बोलाएर पार्टी एकता जोगाइराख्न आग्रह गरेकी थिइन् ।

तत्कालीन एमालेकी उपाध्यक्ष भण्डारीले प्रधानमन्त्री ओलीमाथि जति जति बेला नैतिक दवा’व आउँछ त्यति नै बेला आफ्नो मर्यादा बिर्सेर बचाउने प्र’यत्नमा लागेकी हुन्छिन् ।

भण्डारीले देशको राष्ट्रपतिको भूमिका निभाउनु त परै जावस् नेकपाभित्रका नेताहरुलाई समेत समान व्यवहार गर्न नसकेको आरोप लाग्ने गरेको छ ।

उनी केबल ओली गुटको राजनीतिबाट बाहिर जान नसकेको आरो’पसमेत लाग्ने गरेको छ । यान्छीलाई भेटेपछि ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेको जानकारीमा आएको छ । मध्यरातमा देशको प्रधानमन्त्री राष्ट्रपतिलाई कुन संक’टमा भेट्न जान्छ ? के त्यसबारेमा जनताले थाहा पाउनु पर्दैन ?हाम्रा कुरा

प्रतिकृया दिनुहोस्