आइतबार , जेठ ३०, २०७८

दुईमध्ये एक पद छोड्दा राम्रो हुने’ प्रधानमन्त्री ओलीलाई चिनियाँ राजदूतको सुझाव…हेर्नुहोस् ।

मंग्सिर ४, २०७७ बिहिबार 1

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक वि’वाद चुलिएको छ । विवा’द समाधानको लागि आजपनि सचिवालयको बैठक बसेको थियो । तर,

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले दश दिनको समय मागेपछि आजको बैठक सम्पन्न भएको थियो । गत कार्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गरेपछि नेकपाभित्रको वि’वाद झनै वारपारको अवस्थामा पुगेको छ ।

ओलीले १० दिन समय मागेपछि दाहाल-नेपाल समूह आन्तरिक रणनीति बनाउँदै !

यो बीचमा अध्यक्षद्धय ओली र दाहालसँग राष्टपति विद्यादेवी भण्डारीले बेग्लाबेग्लै भेटवार्ता गरिन् । नेकपा वि’वाद समाधानको लागि राष्टपति सक्रि’य भएको भनेर सामाजिक सञ्जालमा आलोचना भैरहेको छ । त्यतिमात्रै होईन, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी समेत नेकपा विवाद झनै चुलि’एपछि स’क्रिय भएको समाचार आए । उनले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा हिजो राति करिब दुई घण्टा लामो भेटवार्ता गरिन् ।

उच्च स्रोतले जनाएअनुसार उक्त भेटमा राजदूत यान्छीले प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छोड्दा नै ओलीको लागि हि’तकर हुने सु’झाव दिएकी थिईन् । यसअघि गत बैशाखमा नेकपाभित्र दाहाल र व’रिष्ठ नेता माधव

कुमार नेपाल समूहले ओलीको दुवै पदबाट राजीनामा माग्दा राजदूत यान्छी सक्रिय भएकी थिईन् । उनले नेकपाका प्रायः सबै शीर्ष नेताहरुलाई घरघरमै पुगेर भेटेकी थिईन् । उनले पार्टी एकता सुदृढ गर्दै अघि बढ्दा नै राम्रो हुने सु’झाव दिएकी थिईन् । यसपटक भने राजदूत यान्छीले ओलीलाई दुई मध्ये एक पद छोड्दा राम्रो हुने सुझा’व दिएको स्रोतको दा’बी छ ।

प्रतिकृया दिनुहोस्