आइतबार , जेठ ३०, २०७८

हार्दिक बधाई ! जर्मनीमा निःशुल्क चिकित्साशास्त्र अध्ययनरत नेपाली विद्यार्थी सम्मानित, ४ वर्षसम्मका लागि मासिक रु १ लाख ४० हजार प्राप्त गर्ने !

मंग्सिर ४, २०७७ बिहिबार 0

बर्लिन : लाइ’प्चिग युनिभर्सि’टी,जर्मनीमा चिकित्सा’शास्त्र अध्ययनरत सोनिया पौड्याल फ्रिडरिस-एबट छात्र’वृत्तिबाट सम्मानित भएकी छन्। जर्मनीको दोस्रो ठूलो राजनीतिक पार्टी सोसियल डेमोक्राटिक पार्टी’(एस.पि.डी) नि’कट छा’त्रवृत्ति हो।

सन् १९२५ मा राष्ट्रपति फ्रिड’रीस एबटको नाममा स्थापना भएको उक्त छात्रवृ’त्ति यु’निभर्सिटीमा प्राप्त अंक, राजनीतिक विश्लेषणको क्षमता र सामाजिक काममा संल’ग्नताको आधारमा प्रदान गरिँदै आएको छ। सम्पूर्ण मापद’ण्ड पुगेका विद्यार्थीको क्षम’ताको सू’क्ष्म अध्ययन र २ विभिन्न क्षेत्रका प्रोफे’सरसँगको अन्तर्वार्तापछि मात्र उत्कृ’ष्ट विद्यार्थीलाई छनोट गर्ने प्रावधान छ।

निःशुल्क चिकि’त्साशास्त्र अध्ययनरत पौड्यालले उक्त छात्रवृत्तिबाट मासिक एक हजार युरो (नेरु १ लाख ४० हजार) ४ वर्षसम्मका लागि प्राप्त गर्ने भएकी छन्। यसका साथै उनी जर्मनीमा हरेक वर्ष हुने राजनीतिक समारोह,मिटिङका साथै सेमिनारमा भाग लिन पाउने भएकी छन्।

छा’त्रवृत्ति पाएपछि पौड्यालले भनिन्‚यसले मेरा लागि जर्मनीको राजनीतिक तथा सामाजिक धरा’तल बुझ्ने अवसर प्रदा’न गर्नेछ। यो मार्फत भविष्यमा नेपालको स्वास्थ्य तथा राजनीति क्षेत्रमा केही टेवा पुग्नेछ। यो छात्रवृत्ति नेपालको पनि गरिमा बढाउनुका साथै नयाँ पिँढीलाई पनि प्रो’त्साहन मिल्न सक्ने कुरा पनि उनले थपिन्। स्वास्थ्यखबर

प्रतिकृया दिनुहोस्