शुक्रबार , असार ४, २०७८

नेता पौडेलको भन्नुहुन्छ : हामी असफल भयौँ, सामूहिक राजिनामा दिउँ…हेर्नुहोस् ।

मंग्सिर ४, २०७७ बिहिबार 8

काठमाडौँ : सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पार्टीको केन्द्रीय सचिवालय बैठकमा आफूहरु असफल भएको भन्दै सामूहिक राजि’नामा गर्न प्रस्ताव गरेका छन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत असन्तु’ष्ट समूहले बोलाएको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली र उनी पक्षधर पौडेललगायतका नेताहरु अन्तिम समयमा मात्र सहभागी भएका थिए।

‘हामीले सरकार पनि चलाउन सकेनौँ। पार्टी पनि चलाउन सकेनौँ। यसरी चलाउनुभन्दा सामूहिक राजिनामा दिउँ। नयाँ पुस्तालाई हस्तान्तरण गरौँ’, बैठकमा पौडेलले गरेको प्रस्ताव उद्धृत गर्दै एक सहभागीले बताए।

प्रचण्डलगायत असन्तुष्ट पक्षका बहुमत सचिवालय सदस्यहरुको प्रस्तावमा बुधबार बालुवाटारमा बसेको संक्षिप्त बैठक प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा १० दिनका लागि स्थगित भएको छ।

यो पनि
अध्यक्ष ओलीलाई अर्को प्रस्ताव ल्याउन दिनु एकतातर्फको बाटो अवश्य होइन : मुख्यमन्त्री पोखरेल !

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा स्थायी समिति सदस्य शंकर पोखरेलले सचिवालय बैठकले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई अर्को प्रस्ताव ल्याउन समय दिनुलाई पार्टी एकताको बाटो मान्न नसकिने बताउनुभएकाे छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेता पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुकमा

पार्टी एकताको भावना विपरित आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा प्रधानमन्त्रीसमेत रहेका प्रथम अध्यक्षलाई अर्को प्रस्ताव ल्याउन समय दिएको भन्दै समानन्तर दस्तावेजको बाटो एकतातर्फको बाटो नभएको जनाउनुभएकाे छ ।

‘पार्टी एकताको भावना विपरित आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा सचिवालय वैठकले प्रधानमन्त्री समेत रहेका प्रथम अध्यक्षलाई वैठकमा अर्को प्रस्ताव ल्याउन समय दिएछ ।

पार्टी एकताले पूर्णता नपाउदै समानन्तर दस्तावेज बाटो एकतातर्फको बाटो अवश्य होइन’, उहाँले भन्नुभएकाे छ,‘१० दिनको समयलाई एउटै दस्ता’वेज बनाउने काममा सदुपयोग गर्न सचिवालयका कम’रेडहरु ग’म्भीर बन्नुहोस् । अन्यथा महासचिवको भनिएको सार्वजनिक प्रस्तावले लखेट्न सुरु गर्नेछ ।’

प्रतिकृया दिनुहोस्