शुक्रबार , असार ४, २०७८

प्रदेश नं १ मा धान उत्पादन सोचेभन्दा राम्रो…हेर्नुहोस् ।

मंग्सिर ६, २०७७ शनिबार 6

धरान : को’रोना महामा’रीका कारण समयमा रासा’यनिक मल नपाएर अता’लिएका किसानले अन्य वर्षको भन्दा बढी धान फलाएर देखाइदिएका छन् । सरकारले प्रमुख कृषि धान बालीका लागि अनुदा’नमा दिएको म’ल समेत आयात गर्न नसके पनि कृषकहरूले आफ्नै बल बुताले बढी धान फलाएर देखाएका हुन् ।

रासायनिक मल यू’रियाको च’रम अ’भावकाबीच यस वर्ष धान उत्पादन बढ्ने अनुमान कृषि विकास मन्त्रालयले गरेको हो । सरकार र सत्तामा रहेका कोरोनाबाट नागरिकलाई दिनुपर्ने सुरक्षानुभूती दिन नसकेपनि कृषकले भने आफ्नो दा’यित्व नि’र्वाह गरेर यो महामारीमा राज्यप्रति आफ्नो दायित्व पूरा गरेका छन् ।

को’रोना भाइ’रस संक्र’मणको महामा’रीले आर्थिक क्रियाकलापलाई शिथिल बनाएका बेला धान उत्पादन बढ्दा त्यसले देशको समग्र अर्थbतन्त्रलाई टेवा मिल्ने देखिएको छ । देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी बढ्ने)मा कृषि क्षेत्रको योगदान करीब २७ प्रतिशत छ । कुल कृषिको उत्पादनमध्ये धान एक्लैको योगदान करीब २१ प्रतिशत रहेको मानिन्छ । धान उत्पादन बढ्नुको अर्थ देशको कुल गार्हस्थ्य उत्पादनमा समेत सकारा’त्मक योगदान पुग्नु हो ।

मन्त्रालयले गरेको प्रा’रम्भिक अनुमान अुनसार देशभरिको धान उत्पादनको तथ्यांकलाई हेर्दा यस वर्ष १ प्रतिशतदेखि ५ प्रतिशतसम्म धान उत्पादन बढ्ने देखिएको छ । गत वर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान फलेकोमा यस वर्ष ५६ लाख मे’ट्रिक टनभन्दा धेरै धान फलेको हुनसक्ने अनुमान मन्त्रालयले गरेको हो ।

प्रदेश २ बाहेक अन्य प्रदेशहरुको धान उत्पादनको तथ्यांकका आधारमा यस्तो आकलन गरिएको हो । उक्त प्रदेशको धानको तथ्यांक पनि आएपछि अहिले गरिएको अनुमान अझ बढ्न सक्ने मन्त्रालयले बताएको छ । प्रदेश १ मा गत वर्षको तुलनामा ५ प्रतिशत धेरै धान फलेको अनुमान मन्त्रालयको छ । गत वर्ष यो प्रदेशमा १२ लाख ४५ हजार मे’ट्रिक टन धान फलेको थियो ।

गत वर्ष १४ लाख २० हजार मे’ट्रिक टन धान फलेको प्रदेश २ मा भने धानको उत्पादन सामान्य घटेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि प्रदेश २ सबैभन्दा बढी धान उत्पादन हुने स्थान हो ।

यसअघि आर्थिक वर्ष २०७५–७६ मा अहिलेसम्मकै धेरै ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । धानको उत्पादन बढनुको पछाडि अनुकुल मनसुनी वर्षा तथा

बीउको प्रतिस्थापन राम्रो रहनुलाई मुख्य कारण मानिएको छ । उन्नत धानको बीउबिजनका कारण पनि धान उत्पादन बढेको हुनसक्ने मन्त्रालयले अनुमान गरेको छ । यो वर्ष मनसुनी वर्षा अनुकूल भएका कारण देशका अधिकांश स्थानमा समयमै धान रोपाई भएको थियो । -हाम्रो कोशि आवाज बाट

प्रतिकृया दिनुहोस्