आइतबार , जेठ ३०, २०७८

प्रचण्डलाई ओलीको चुनौती – आ’रोप पुष्टि गर्न नसके अध्यक्ष पद छोड्नुपर्छ ।

मंग्सिर ६, २०७७ शनिबार 0

काठमाडौं : सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएको संगिन आ’रोप पुष्टि गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई चु’नौती दिएका छन् ।

प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले लगाएको आ’रोप र लाञ्छना पु’ष्टि भएमा आफूले पद छोड्ने र पुष्टि गर्न नसकेमा प्रचण्डले नै अध्यक्ष पद छोड्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आरोप लगाउनेले पुष्टि गर्न नसके पद’त्याग गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डको पदमाथि पहिलोपटक प्रश्न उठाएका हुन् ।

प्रधानमन्त्री ओलीले बुधबारको सचिवालय बैठकमा प्रचण्डको अभि’योगपत्रको जवाफ दिन १० दिनको समय माग गर्दै अभि’योग लगाउनेले अभियोगको पुष्टि गर्न नसके त्यसको जिम्मेवारी प्रचण्डले लिनुपर्ने बताए ।

प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद ओलीले छोड्नुपर्ने उद्देश्यसहित अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनको जवाफ अर्को बैठकमा ओलीले दिने तयारी गरेका हुन् ।

बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आ’रोप सही ठ’हरिए आफूले दुवै पद छाड्ने र गलत ठ’हरिए आ’रोप लगाउने अर्का अध्यक्ष दाहालले नै आफ्नो पद त्याग्नुपर्ने आवश्यकता औंल्याएका हुन् । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्