आइतबार , जेठ ३०, २०७८

चीन र भारतको गोटी बन्ने होइन नेपालको माटोका लागि राजनीति गर्नुपर्छ – मनिषा कोइराला…हेर्नुहोस्।

मंग्सिर ६, २०७७ शनिबार 0

काठमाडौ : कुनै जमानामा बलिउडमा एकछत्र राजगरेकी नेपाली छोरी मनिषा कोइराला वनारसमा हुर्किएकी हुन् । उनी विपि कोइरालाको श्रीमति सुशिला कोइरालकोे काखमा हुर्किएकी हुन् । सुशिला फिल्म क्षेत्रको निकै सौ’खिम थिइन् ।

त्यसैले मनिषालाई फिल्म क्षेत्रमा प्रवेश गर्न हजुरआमाको त्यो सौख पनि एउटा प्रेरणा भएको हुनसक्ने बताएकी छन् । उनले एक टेलिभिजनमा अन्त’रवार्ता दिँदै भनेकी छन्, शुष्मा कोइराला (आमा) संग फिल्म क्षेत्रमा जान अनुमति माग्दा आमाले भन्नुभयो तिमी जुन सुकै क्षेत्रमा जाउ चाहे त्यो मालि नै किन नहोस् त्यो क्षेत्रमा आफुलाई सर्वश्रेष्ठ प्रमा’णीत गर ।

आमाको त्यो कुरालाई ध्यानमा राखेर म फिल्म क्षेत्रमा गएँ त्यस पछि मैले पछाडी फर्केर हेर्नुपरेन । उनले आफु सानैमा डाक्टर बन्न चाहन्थिन् । कोइराला परिवारमा डा’क्टर, इन्जि’नियर र राज’नीतिज्ञ मात्र थिए त्यसैले मैले पनि त्यही क्षेत्रकै बारेमा सोचेकी थिए, उनले भनिन् तर म डाक्टर बनेको भए यति सफल हुन्नथे होला । उनले अन्त’रवार्ताका क्रममा आफु कसरी फिल्म क्षेत्रमा प्रवेश गरे र सफल भएँ भन्ने बारे पनि विस्तृ’तमा खुलाएकी छन् ।

मनिषा कोइरालालाई लाग्छ राजनीतिक दलभन्दा ठूलो मुलुक हो । त्यसैले जुनसुकै पार्टीले राम्रो काम गर्छ आफ्नो सहयोग रहने बताएकी छन् । उनले आफ्नो पारिवारिक राजनीतिक पृ’ष्ठभूमी जे भएपनि आफु भने त’टस्थ रहेको बताएकी छन् ।

उनले त्यही ढंगले राजनीतिलाई पनि हेरेको बताएकी छन् । जुन पार्टीमा लागेपनि सबैको उद्देश्य मुलुक र जनताकै लागि काम गर्ने भएकाले आफुलाई कुनै पार्टी’प्रति झु’काव नभएको बताएकी छन् ।

कालापानी लिपुलेक र लिम्पीयाधुराका विषयमा सामाजिक सञ्जालमा गरेको प्रति’कृया पछि उत्पन्न परिस्थितीमा आफु कसरी मुम्बईवाट काठमाडौ आइपुगे भन्ने कुरा पनि उनले सुनाएकी छन् । उनले त्यतीबेला भारतीय मिडियाले आफुलाई गरेको प्र हा र का कारण निकै दुखी भएको पनि बताएकी छन् ।

प्रतिकृया दिनुहोस्