शुक्रबार , असार ४, २०७८

चीनमा १० लाख मान्छेले लगाए कोरोना खोप…हेर्नुहोस् ।

मंग्सिर ६, २०७७ शनिबार 3

एजेन्सी : चीनको राष्ट्रिय फार्मासियुटिकल समूह, सिनोफार्मले बनाएको कोरो’ना वि’रूद्धको खोप परीक्षणका लागि करिब १० लाख मान्छे सहभागी भएका छन्। रोयटर्सका अनुसार देशभर यो खोपको आक’स्मिक परीक्षण गरिएको हो ।

चीनले आफ्नो खोपको आक’स्मिक परीक्षण गत जुलाइमा सुरू गरेको थियो । यो क्रममा तीन प्रकारका खो’प प्रयोग गरिएका थिए । यी खोप कति सुरक्षित र प्रभा’वकारी छ भन्नेबारे क्लिनिकल रूपमा पुष्टि भने भइसकेको छैन ।

तै पनि यो खोप लगाएकाहरूलाई कुनै पनि किसिमका गम्भीर असर वा साइड इफे’क्ट नदेखिएको रोयटर्सले जनाएको छ । जसले यो आक’स्मिक खोप लगाएका थिए उनीहरूले पनि कुनै नकारात्मक असर नभएको बताएका सिनोफार्मका अध्यक्ष लियु जिङजेनले एक अन्तर्वार्तामा भनेका छन्।

परीक्षणमा समावेश गरिएका तीनमध्ये दुई खोप सिनोफार्मकै अनुदानमा चाइना नेसनल बायोटेकले विकास गरेको हो भने अर्को सिनोभाक बायोटेकले विकास गरेको हो। यीमध्ये कुन चाहिँ खोपको नकारात्मक असर नभएको वा कुन खोप सबभन्दा बढी लगाइएको भन्ने बारे लियुले कुनै जानकारी दिएका छैनन्।

रोयटर्सका अनुसार सिनोफार्मका खोपले शरीरमा निष्क्रिय भाइरस प्रवेश गराउनेछ जुन मानव कोषमा विकास हुन सक्दैन। तर यसले शरीरको प्रतिरोधात्मक क्षमता सक्रिय बनाउन भूमिका खेल्छ। क्लिनिकल परीक्षणका आधारमा हेर्दा यसको दुई डोज आवश्यक हुन्छ।

प्रतिकृया दिनुहोस्