शुक्रबार , असार ४, २०७८

ओलीले भ्रष्टाचार गर्दिन-गर्न दिन्न भन्नु र पागलले म पागल होइन भन्नु एकै हो – डा.प्रकाश चन्द्र लोहनी

मंग्सिर ७, २०७७ आइतबार 1

काठमाडौँ : राप्रपा संयुक्तका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार संचालन हुनेमा शं’का व्यक्त गरेका छन्।

एक-कुराकानीका क्रममा लोहनीले सनककै कारण प्रधानमन्त्रीको बहिरगमन हुन सक्ने सम्भावना रहेको बताएका हुन्। वरिपरि बसेर भाग’बन्डा खानेले समर्थन गरेकै आधारमा सन्किँदै गएको खण्डमा प्रधानमन्त्री ओलीको बहिरगमन हुने उनले दावी गरे।

सम्माननीय प्रधानमन्त्रीले नै अब पनि निरन्तरता पाउनुहुन्छ जस्तो मलाई चाहीं लाग्दैन । उहाँका वरिपरि बसेर भाग’बन्डा खानेले समर्थन गरिहाल्छन् नि । उनीहरुले उहाँलाई कहाँ हामी कम’जोर छौ भनेर त सन्काउलान् । यसरी नै सन्किँदै जानुभयो भने उहाँको बहिरगमनको सम्भावना अत्यन्तै देखिएको छ ।”,उनले भने।

प्रधानमन्त्रीले ‘म कसैलाई भ्रष्टाचार गर्न दिन्न आफू पनि गर्दिैन’ भन्दै आएता पनि व्यवहारमा त्यस्तो नदेखिको दावी गरे। पागल मान्छेले आफूलाई पागल होइन, ठीक छु भन्नु र ‘म कसैलाई भ्रष्टाचार गर्न दिन्न आफू पनि गर्दिैन’ एकै रहेको उनको जि’किर छ। ओलीले आफ्नो पाखण्ड’पनलाई नचिनेको उनको आरो’प छ।

पाखण्डीपन बढेर गएकै कारण नेतृत्व सङ्कटमा आउने पनि लोहनीको तर्क छ। पाख’ण्डीपन कुनै पनि नेतृत्व स्थायी नहुने उनले दावी गरे। विगतमा नेपाली कांग्रेसका शक्तिशालि भएका गिरिजाबाबु बढारिएर गएजस्तै ओलीको पनि उस्तै उनले लोहनीले जिकिर गरे।

सं’कट भनेकै जब नेतृत्वमा पाख’ण्डीपन बढेर जान्छ, त्यसपछि संक’ट आउने त हो नि । संकट आउने अवस्था आयो भने तपाईंहरुले यस्तो आएको छ भनेर बाटो देखाउने हो । त्यहाँ देखेको कुरा भन्दिने हो । हिजो गिरिजाबाबु पनि २०४८ सालमा शक्तिशाली भएर आउनुभएको थियो । पछि बढारिएर जानुभयो ।”,उनले भने।

प्रतिकृया दिनुहोस्