शुक्रबार , असार ४, २०७८

गृहमन्‍त्री र आईजीपीलाई थाहै नहुनेगरी कसरी थपियो एआईजीको दरबन्दी ?

मंग्सिर ७, २०७७ आइतबार 7

काठमाडौ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले थाहै नपाई नेपाल प्रह”रीमा एक अतिरिक्त महानिरीक्षक (एआईजी)को दर’बन्दी सुटु’क्क थपिएको छ।

नेपाल प्रह’रीमा पाँचजना प्रहरी नायब महा’निरिक्षक (डीआईजी) को दर’बन्दी माग भएकोमा सरकारले एक एआईजीसहित पाँच डीआईजीको दरब’न्दी स्वी’कृत गरेको हो। गृह मन्त्रालयले मन्त्रिपरिषद्‍मा पठाएको दरबन्दी स्वीकृतिको फाइलमा एआईजीको एक दरबन्दी थपेर बुधबार स्वीकृत भएको हो।

प्रहरी मुख्यालय तथा गृहबाट प्रस्ताव वा माग नै नभएको पदको दरबन्दी मन्‍त्रिपरिषद्‌बाट थपिएको खबर पाउनसाथ गृहमन्‍त्री, गृहसचिव र आइजीपी अचम्मित भएका थिए। आईजीपी क्षेत्रीले गृहमन्त्रीसँग चासो राख्दा यो विषयबारे आफूसमेत अनविज्ञ रहेको गृहमन्त्री थापाले बताएका छन्।

उनले यो विषयमा प्रधानमन्त्रीको ध्या’नाकर्षण गराउने जानकारी समेत दिएका छन्। स्रोतका अनुसार यो निर्णयप्रति प्रहरी नेतृत्व र गृहमन्त्री थापासमेत अस’न्तुष्ट छन्।

प्रहरी मुख्यालय र गृह मन्‍त्रालयलाई समेत गुमराहमा राखेर निकै रहस्यमय रुपमा एआइजी पद थपिएको विषयले प्र’हरी मुख्यालय र गृह दुवैतिर अस’न्तुष्टी छ।

प्रधानमन्त्रीलाई समेत यो विषयमा गु’म्राहामा राखिएको स्रोतको दाबी छ। हालै रक्षामन्त्रीको जि’म्मेवारीबाट हटाइका उपप्रधानन्त्री ईश्वर पोखरेलको विशेष पहलमा यो निर्णय भएको स्रोतको दाबी छ। बालुवाटारमा बसेर उपप्रधानमन्त्री पोखरेलले सुरक्षा निकाय र गृहमन्त्रालयको स्वयत्तता खोस्‍ने प्रयास गरेको आरो’प गृहले लगाएको छ। याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

प्रतिकृया दिनुहोस्