शुक्रबार , असार ४, २०७८

ओलीवि’रुद्ध वि’द्रोह धुम्बाराहीबाटै उठ्यो, भीम रावल र जनार्दन शर्मालाई नेतृत्व…हेर्नुहोस् ।

मंग्सिर ७, २०७७ आइतबार 14

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निर्धारित स्थायी कमिटी बैठक स्थगित भएपछि आ’क्रोश नेता कार्यकर्ताले पार्टी कार्यालय धुम्बाराहीबाटै वि’द्रोहको बिगुल फुकेका छन् ।ओली समूहबाहेक वरिbष्ठ नेता माधवकुमार नेपाल र नेकपा

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधर स्थायी समिति
सदस्यको भेला स्थायी समिति बैठक बोलाउन ओलीलाई दबाब दिने निर्णय गरेका छन् । बिहीबार दिउँसो पार्टी कार्यालयमा बसेको भेलाले नेकपाका अध्यक्ष ओली तथा प्रचण्डलाई भेटेर दबा’ब दिने निर्णय गरेका छन् ।

बुधबारको सचिवालय बैठकमा ओली एकाएक उठेर भागेपछि एजेन्डा पारित हुन सकेन, जसले गर्दा बिहीबारका लागि निर्धारित बैठक बस्न नसकेको जनाइएको छ । भेलाले अध्यक्ष ओलीलाई दबाब दिनको लागि स्थायी कमिटी सदस्य भीम रावल र जनार्दन शर्मालाई ने’तृत्वको जिम्मा दिएको छ ।

भेलामा सहभागी स्थायी समिति सदस्यले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेर आगामी कदम चाल्न रावल र शर्मालाई जिम्मेवारी दिएका हुन् ।धुम्बा’राहीको छलफल अनौप’चारिक भएको नेकपा स्थायी समिति सदस्य गणेश शाहले जानकारी दिए । पार्टीभित्र वि’वाद बढ्दै गएको, पार्टी बैठक

टार्ने काम भएको, सरकार पार्टीप्रति जवा’फदेही नभएको भन्दै स्थायी कमिटी सदस्यले बैठकको माग गर्दै आएका छन् ।
पार्टीमा एक व्यक्ति एक पदको एजे’न्डालाई स्थापित गराउने विषयमा भेलामा सहभागी सबै स्थायी कमिटी सदस्य एकमत भएका छन् ।

प्रधानमन्त्री ओलीले भने बहुमत सदस्यको एजेन्डालाई बेवास्ता गर्दै आफ्नो गुटका नेतालाई दोहोरो जि’म्मेवारी दिएका छन् । ओली गुटका नेता शंकर पोखरेल प्रदेश ५ सरकारको मुख्यमन्त्री

र प्रदेश इन्चा’र्ज भएकोमा वरिष्ठ नेता नेपाल समूहले चर्काे अस’न्तुष्टि व्यक्त गरेको छ । यसरी कसैलाई जि’म्मेवारी नै नदिने र कसैले दोहोरो जि’म्मेवारी पाउने अवस्था अन्त्य गर्न आवश्यक सुधारको माग उठ्दा ओली रिसाएर पार्टी बैठकबाट टाढा भाग्दै गएका नेकपा स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्