आइतबार , जेठ ३०, २०७८

सियोना नानुको लागि १३ करोड ३१ लाख उठ्यो, उन्का बाबा आए मिडियामा…हेर्नुहोस् । ( भिडियो सहित )

मंग्सिर ७, २०७७ आइतबार 0

काठमाडौ : १३ महिने सियोना श्रेष्ठको लागि आर्थिक सहयोग अभियान यतिबेला चलिरहेको छ । देश बिदेशका नेपालिहरुले यो अभियानमा सहयोग गरिरहेका छन् । यता नेपाली सेलिब्रेटिहरुले पनि सियोनाको उपचारको लागि आर्थिक

सहयोग गरिरहेका छन । आजको दिन सम्म करीब १३ करोड भन्दा बढी रकम उठी सकेको सियोना का बाबा ले जानकारी गराउनु भएको छ र पुरा उप’चार को लागी अझै १२ करोड को आबश्यकता रहेको पनि लाइव भिडियो मार्फत जानकारी गराउनु भयो ।

त्यस्तै सियोना को सहयोगका लागी सेलिब्रेटी हरुले पनि सहयोग गरि रहनु भएको छ । विश्वमा छरिएर रहेका नेपालिहरुले दिल खोलेर आर्थिक सहयोग गरिरहेको अवस्थामा पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले पनि सियोनाको जीवन रक्षाको कामना गर्दै आर्थिक रकम सहयोग गरेकी छन् ।

उनले आफ्नो ब्यक्तिगत तर्फबाट २० हजार सहयोग गरेको सार्बजनिक गरेकी छन् । छोटो समयमा धेरै पैसा संकलन भएको छ तर, सियोनाको उपचारको लागि यो रकम धेरै नै कम हो । त्यसैले अझै सहयोगको जरुरत छ । सियोनलाई जन्मजात वंशानुगत लाग्ने रोग स्पाईनल मुस्कुलर थेरापी-

एसएमई-१ (SPINAL MUSCULAR ATROPHY (SME-1) रोग लाग्यो । जुन रोगका कारण बच्चाको अंग’हरुले काम नगर्ने, विस्तारै सबै सुक्दै जाने र मृत्युसम्म हुने जस्ता लक्षण देखिन्छ । जस्का कारण यतिबेला मृ’त्यु जित्न सं’घर्ष गरिरहेकी सियोनाको जीवन रक्षाको कामना गर्दै देशबिदेशमा रहेका आम नेपाली तथा सेलि’ब्रेटिहरुले पनि सहयोग गरिरहेका हुन् ।

सियोनको उपचार २ वर्ष उमेर भित्रमा गरिसक्नुपर्ने छ । तर, जति चाडो गर्यो त्यति राम्रो हुने हस्पिटलले बताएको छ । यो रोगको उपचार नेपालमा सम्भव नभएपछि छोरिका साथमा सन्दिप दम्पती झन्डै डेढ महिनादेखी पोल्यान्डमा छन् ।

यतिबेला अभियानलाई अझै प्रभावकारी बनाउन फेसबुकमा पब्लिक ग्रुप नै बनेको छ । सियोनालाई सहयोग गर्न अनलाइन, बैंक एकाउन्ट र ए-सेवा एकाउन्ट रहेको छ ।
जहा सहयोगीदाता आफुले चाहेको रकम पठाउन सक्नेछन् ।

बैंकमा सहयोग रकम पठाउनको लागि सियोन श्रेष्ठ (Siyona Shrestha) नाममा बैंक अफ काठमाडौ (Bank of Kathmandu) को परासी ब्रान्च (Parasi branch) मा एकाउन्ट खोलिएको छ ।

जस्को एकाउन्ट नम्बर 206500000031524 रहेको छ । यस्तै, ईसेवाबाट आर्थिक सहयोग गर्नको लागि 9816457809 र 9847206466 आईडी प्रयोग गर्दै सियोन बचाउ अभियानमा साथ दिन सक्नुहुनेछ छ भने www.gofoundme.com मार्फत पनि सहयोग रकम पठाउन सकिनेछ ।

भिडियो हेर्नुहोस् !

प्रतिकृया दिनुहोस्