शुक्रबार , असार ४, २०७८

प्रधानमन्त्री ओलीले देउवालाई बालुवाटार बोलाएर भने : मिलेर सरकार बनाऔं, म जे गर्न तयार छु !

मंग्सिर ७, २०७७ आइतबार 4

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग सत्ता साझेदारीको प्रस्ताव राखेको खुलेको छ । शनिबार प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापति देउवालाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री मिलेर सरकार बनाउन प्रस्ताब राख्नुभएको काँग्रेस स्रोतले बतायो ।

प्रधानमन्त्री ओलीले शनिबार दिउँसो सभापति देउवासहित काँग्रेसका प्रतिनिधि पनि सहभागी भएको स्रोतले बताएको छ । खासमा सं’वैधानिक रि’क्त पदमा नियुक्तिका विषयमा छलफल गर्न प्रधानमन्त्रीले देउवालाई बोलाएपनि सत्ता साझेदारीको बिषयमा छलफल केन्द्रीत भएको काँग्रेस नेताहरुको भनाइ छ । नेताहरुका अनुसार प्रधानमन्त्री ओलीले देउवालाई भन्नुभएको थियो ।

अब मिलेर सरकार बनाऔँ के गर्नु पर्छ म तयार छु।’
यसका बिषयमा छलफलको साढे २ घण्टामध्ये २५ मिनेट प्रधानमनत्रीले देउवासँग मात्रै कुरा गर्नुभएको काँग्रेस स्रोतको भनाइ छ । छलफलमा संवैधानिक रिक्त पदमा नियुक्तिका विषयमा भने छलफलको थोरै समय मात्रै कुराकानी भएको थियो ।

यसका बिषयमा उपकुलपतिविहीन बनेका विश्वविद्यालयमा उपकुलपति सिफारिस गर्ने विषयमा कांग्रेससँग सहमति खोज्न नेकपाको तर्फबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र कांग्रेसका तर्फबाट केन्द्री’य सदस्य रमेश लेखकलाई जिम्मा दिने निर्णय भएको जनाइएको छ । यसअघि सहमती गर्ने जिम्मा पाएका नेता नेम्वाङ र लेखक दुवैजना देउवा निवासमा पनि पुगेका थिए ।

संवैधानिक निकायमा प्रमुख आ’युक्त र आयु’क्तहरू गरी ४८ पद रिक्त रहेको छ । नेकपा आन्तरिक बिवादमा रुमालिएका बेला प्रधानमन्त्रीले प्रतिपक्षी दलका नेतासँग गरेको लामो छलफलले महत्वपूर्ण अर्थ राख्न सक्छ ।

नेकपाकै अर्का अध्यक्षसहित सचिवाललयका बहुमत सदस्यहरुले प्रधानमन्त्री ओलीबिरुब’द्ध प्रवित्तिगत बिषेश्ता औल्याउदै त्यसमाथि छलफल गर्न राजनीतिक प्रस्ताव राखेपछि वि’वाद झनै उत्कर्षमा छ ।

प्रचण्डले लगाएका आरो’पहरु पु’ष्टि भए आफू प्रधानमन्त्रीबाट हट्ने यदी पु’ष्टि नभए प्रचण्ड अध्यक्षबाट हट्नु पर्ने प्रधानमन्त्री ओलीले सचिवालय बैठकमै बताइसक्नु भएको छ । पार्टी सचिवालय बैठकमा प्रचण्डको प्रस्ताव पत्रमार्फत नै दिने भन्दै ओलीले १० दिको समय लिनुभएको छ ।

प्रतिकृया दिनुहोस्