शुक्रबार , असार ४, २०७८

मलेसियाबाट फेरी आयो दुखद खबर – सुरक्षागार्डमा कार्यरत पुर्न सिंहको नि’धन !

मंग्सिर ८, २०७७ सोमबार 2

काठमाडौ : वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा सुरक्षागार्डमा कार्यरत पुन पुर्न सिंह रावतको राती सुतेको अवस्थामा मृ’त्यु भएको छ।

सल्यान जिल्ला बन्गाड कुपिन्डे नगरपालिका वडा नम्बर,७ गैरिकटेरी घर भै बिगत ११ महिनादेखि मलेसियाको सुबाङ्गजायामा स्मार्ट टास्क सेक्युरिटी कम्पनीमा सुरक्षागार्डमा कार्यरत ४२ बर्षिय पुर्न सिंह रावत राती सुतेको अवस्थामा मृ’त्यु भएको ।

गत नोभेम्बर १९ तारिख बिहिवारको दिनभर नियमित ड्युटी गरेर रुम आएर राती खाना खाएर सकुशल नै सुतेको पुर्न सिंह रावत राती मृ’त अवस्थामा फ़े’ला परेको सोही कम्पनीमा कार्यरत अर्का एक नेपाली मोहन ओलीले जान’कारी गराउनुभयो।

मृ’तक पुर्नको राती सुतेको बेला नियमित जसो घु’र्ने बानीरहेको तर त्यस् दिन राती एकपटक पनि नघु’रेको कारण मनमा शँ’का लागेर संगै सुत्ने साथीहरुले बिहान करिब ०३:०० बजेतिर उठाउन खोज्दा नउठेपछि मृ’त्युु भएको अव’स्थामा फ़े’ला पारेको बताए।

रोजगारदाता कम्पनीको सहयोगमा मृत’क पुर्नको श’व पोस्ट’मा’र्टमको लागी स्थानीय अस्पतालमा लगिएको जनाएको छ। जान’कारी अनुसार पो’स्टमार्ट’म सकिएपछि कानुनी प्रक्रिया पूरा गरेर मृत’कको श’व अन्तिम दा’हसंस्का’रको लागी नेपाल पठाउने तयारी भैइरहेको बताएको छ।

मलेसियामा यसैगरी दिनहुँजसो नेपाली श्रमिकको मृ’त्यु हुने गरेको छ। मृ’त्यु हुने कारणहरुमा हृद’यघा’त,सवारी दु’र्घटना,सु’त्यासु’त्यै भएर,झै-झ’गडा,ग’म्भीर स्वास्थ्य समस्या लगायतको कारणले सयौंको संख्यामा मलेसियामा नेपाली श्रमि’कहरुको मृ’त्यु हुने गरेको छ।

प्रतिकृया दिनुहोस्