आइतबार , जेठ ३०, २०७८

हार्दिक बधाई ! नन्दराजले खुट्टाले लेखेरै मास्टर्स डिग्री…हेर्नुहोस् । सक्दो सेयर गर्नुहोस् ।

मंग्सिर ८, २०७७ सोमबार 0

धनगढी : ६ मंसिर-दुवै हात–खुट्टा नहुँदा शारीरिक कठिनाइ त छँदै थियो, कतिपय आफन्त र साथीभाइले हेयको रूपमा पनि हेरे । तर मैले जीवनदेखि हार मानिनँ । बरु शारीरिक चुनौतीलाई स्वीकार गरी पढाइ सँगसँगै अन्य कार्यलाई निरन्तरता दिएँ,’ उनले भने ।

उनै प्रेरणाका पात्र नन्दराज भट्ट, जसले मुख, कुहिना र खुट्टाले लेखेरै मास्टर्स डिग्री पास गरेका छन् । सफलता चुम्न उनलाई च’ट्टान फुबटाएर फ’लामको चिउरा चपाउनु सरह थियो । ‘निरन्तर मेहनत गर्ने मान्छे अवश्य सफलता पाउँछ,’ उनी भन्छन्, ‘मलाई कहाँ सजिलो थियो र रु विकट पहाडी जिल्ला बैतडीमा जन्म, परिवारको ग’रीबी र शारीरिक अश’क्तता ।’ तर यी बाधाका पहाडले उनको सफलतालाई अवरो’ध गर्न सकेनन् । कसरी सम्भव भयो यो सफलता ?

सजिलो थिएन सफलता चुम्न

बैतडीको एक भट्ट परिवारमा छोरा जन्मिँदा घरपरिवार नै चि’न्तित भयो । कारण थियो, त्यस परिवारमा जन्म’जात दुवै हात र खु’ट्टाका केही औला नभएको एक सन्तानको जन्म भयो । छोरा जन्मिएको खुशीयालीमा छरछिमेक, आफन्त, नातागोतालाई बोलाएर भो’जभतेर गर्ने चलन भए पनि उनी जन्मिँदा घरमा कुनै खुशीयाली आएन, बरु आमाबुवा चिन्ति’त भए ।

उनलाई हेर्न गाउँलेको घु’इँचो लाग्न थाल्यो । छरछिमेकले उनलाई जिउँदै गाड्न सुझाव दिए । तर आमाबुवाको मायाले कहाँ मार्न सकिन्थ्यो र रु आमाबुवाले पाप गरेनन् । बिस्तारै न्वार’नको दिन आयो, उनको नाम नन्दराज भट्ट राखियो ।
ज’न्मिँदा धेरैको हे’यको पात्र बनेका तिनै नन्दराज अहिले भने अ’पाङ्गता भएकाहरूका लागि मात्र होइन, सिंगो समाजका लागि पनि प्रेर’णाका स्रोत बनेका छन् । कसरी सम्भव भयो ?

२०४५ सालमा बैतडीको सु’र्नया गाउँपालिका–३ मा दुवै हातविहीन भएर जन्मिएका नन्दराजले शारीरिक अ’पाङ्गता हुँदैमा मानिस असफल हुँदैन भन्ने बलियो उदाहरण बनेर प्रमा’णित गरेका छन् । हात नभए पनि स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गर्न सफल उनी अपाङ्गता भएका व्यक्तिको हकअ’धिकारको क्षेत्रमा क्रि’याशील छन् ।

उनको स’क्रिय जीव’नशैली हेर्दा लाग्छ, उनमा कुनै शारीरिक अपाङ्गता छैन । त्यसैले त उनी समाजका लागि प्रेरणाका स्रोत बनेका छन् । म जन्मिएको केही दिनसम्म त गाउँमा अ’नौठो बालक जन्मियो भनेर हेर्नेहरूको घुइँ’चो नै लाग्यो रे १’ उनी भन्छन्, ‘हेर्न आएकामध्ये कतिले आमाबुवालाई अ’पाङ्ग सन्तान पालेर के गर्छौ, कतै लगेर फालिदेऊ भन्ने सुझाव समेत दिएछन् । तर आमाबुवाको मन हो, आफैंले जन्माएको सन्तानलाई कसरी जिउँदै मा’र्न सक्थे र !

परिवारकै सहयोगका कारण आफू सबल अवस्थासम्म आइपुगेको उनी बताउँछन् । आइपर्ने हरेक समस्यालाई कम’जोरी होइन, चुनौतीका रूपमा लिएर अघि बढ्नुपर्ने उनको राय छ ।
दुवै हात नभएर पनि स्नातकोत्तर तहसम्मको शिक्षा हासिल, अपाङ्ग’ताको हक’अधिकारका लागि क्रिया’शीलता र अ’पाङ्गता भएका व्यक्तिमा जीवन उत्प्रेरणा जगाउने कार्यमा स’क्रिय नन्दराजले सामाजिक रूपमा पनि आफ्नो छुट्टै पहिचान बनाइसकेका छन् ।

सफ’लता प्राप्तिका लागि उनले जीवन र शरीरदेखि हार नमानी कठिन सं’घर्ष गरेका छन् । उनले अनेक चुनौ’तीका पहाडहरू छि’चोलेका छन् । ‘दुवै हात नहुँदा शारीरिक कठि’नाइ त छँदै थियो, कतिपय आफन्त, साथीभाइले हेयको रूपमा पनि हेरे । तर मैले जीवनदेखि हार मानिनँ बरु शारीरिक चुनौ’तीलाई स्वीकार गरी पढाइ सँगसँगै अन्य कार्यलाई निरन्तरता दिएँ’, उनी भन्छन्, ‘शारीरिक अपा’ङ्गताका कारण शुरूका वर्षमा अध्ययनलाई अगाडि बढाउन निकै समस्या भयो ।

हात नभएकाहरूले लेख्न मात्र होइन, विद्यालय जान र कक्षा कोठामा बस्न पनि समस्या थियो । परिवारको आर्थिक अवस्था कम’जोर भए पनि परिवारले ३ कक्षासम्म घरमै अध्ययनको व्यवस्था गर्यो । उनले थपे, ‘त्यसपछि बैतडीको वीरेन्द्र उच्च माविमा भर्ना भएँ र उच्च माविसम्मको शिक्षा त्यहीँबाट हासिल गरें ।’

मुख, कुहिना र खुट्टा’को सहारा’मा चलाउँछन् कलम

सानो छँदा पहाडमा उकाली–ओराली गर्न सहज थिएन । आमाबुवाले नै काँधमा बोकेर विद्यालय पुर्या¥उने, ल्याउने काम गर्नुभयो,’ उनले सम्झिए । वीरेन्द्र माविबाट एसएलसी उ’त्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न कैलाली पुगेको उनी बताउँछन् । समथर भौगोलिक बना’वट र यातायातका साधनको सुगमताले तुलनात्म’क रूपमा सहज त भयो तर शारीरिक अवस्थाले अध्ययनमा उनलाई कठि’नाइ नै रह्यो ।

धनगढी आएपछि उच्च शिक्षा आर्जन गर्न शारीरिक अपाङ्गताकै कारण भर्ना पाउन पनि उनले कठि’नाइ झेले । अ’पाङ्गमैत्री भवन नभएको कारण देखाउँदै कतिपय कलेजले भर्ना लिन नमानेको वि’गत उनको स्मर’णमा ताजै छ ।

उनी भन्छन्, ‘मेरो बौ’द्धिक क्षमता नबुझी शारीरिक अपा’ङ्गता देखेर धेरै कलेजले भ’र्ना लिन मानेनन् तर समाजसेवी घनबहादुर शाहको मद्दतले कैलाली बहुमुखी क्या’म्पसमा भर्ना हुन पाएँ ।’ भर्ना पाइकेपछि पनि अध्ययन अगाडि बढाउन त्यति सहज भने भएन । आफ्नो विगत सम्झेर आँसु झार्दै उनले भने, ‘सबै साङ्ग विद्यार्थीको बीचमा म एक्लो अपा’ङ्ग थिएँ । साथीहरूले जि’स्क्याउँथे । त्यतिबेला मन अमिलो हुन्थ्यो तर मैले ह’रेश खाइनँ ।’

उनले अध्ययन मात्र गरेनन्, शुरूआती समयमा मुखले लेख्ने प्रयास गरे । ‘मुखले लेख्दा घाँटी दुख्न थालेपछि दुवै हातका कु’हिना जोडेर लेख्न थालें,’ उनले भने, ‘५ कक्षासम्म पुग्दा मुख र खुट्टाले नै लेख्थें ।’ खुट्टाले लेख्दा कापी फो’होर हुन थालेपछि उनले कु’हिनाले लेख्ने प्रयास गरे । मुस्कुराउँदै उनले भने, ‘अहिले मुख, कु’हिना र खुट्टा तीनै अ’ङ्गको सहा’रामा कलम चलाउन सक्छु । हिँड्ने, लेख्ने, पढ्ने मात्र होइन, मोबाइल चलाउने, आफ्नो दा’ह्री खौ’रिनेसम्मका काम आफैं गर्छु ।’

समाज सुधारमा सक्रिय

हात’खुट्टा भएर पनि केही गर्न नस’क्नेहरू पो अ’पाङ्ग हुन् त १ यो समाजले अपा’ङ्गताको सही अर्थ नबुझेका कारण हामीलाई गाह्रो भएको हो,’ उनी भन्छन्, ‘जीवनमा सफल हुन साङ्ग भएर मात्रै हुँदैन । सफलताका लागि त्योभन्दा पनि महत्त्वपूर्ण कुरा दृ’ढ इच्छा र संक’ल्प रहेछ भन्ने कुरा प्रमा’णित भएको छ ।’

जन्मिँदा अपाबङ्ग छोरालाई फा’लिदिन आमाबुवालाई सुझाव दिनेहरू नै अहिले प्रशंसा गर्न थालेकाले ठूलो खुशी लाग्ने गरेको नन्दराज बताउँछन् । ‘म गाउँ गएका बेला वरिपरिका व्यक्तिहरू भेट्न आएर छोरा होस् त तिमीजस्तो भनेर जान्छन्,’ अनुहारमा खुशी छर्दै नन्दराजले भने । सामान्य लेखाइ मात्रै होइन, उनले कम्प्युटरमा पनि ‘डिप्लोमा कोर्स’ गरेका छन् ।

सामाजिक सक्रियताका कारण उनी सम्मानित समेत भएका छन् । अपा’ङ्गता भएका व्यक्तिलाई सामाजिक समायोजनको क्षेत्रमा उल्लेख्य योगदान पु¥र्यएको भन्दै संयुक्त राष्ट्र’संघीय विकास कार्यक्रम यूए’नडीपी ले ‘राष्ट्रिय स्वयंसेवक अवार्ड २०१६’ बाट उनलाई सम्मान गरेको थियो ।’नेपाली साहित्यका विद्यार्थी भएकाले उनी साहित्य क्षेत्रमा पनि रुचि राख्छन् ।

कहिलेकाहीँ समसामयिक विषयमा कलम चलाउने भट्ट अ’पाङ्गताको सवाललाई समेटेर लेख रचनाहरू पनि लेख्छन् ।
उनले ‘बेलाको बोली’ विचार संग्र’ह प्रकाशन गरेका छन् ।
ओठ र नाकको सहायताले मोबाइल र कम्प्युटर पनि सजिलैसँग चलाउँछन् उनी । ‘कपडा धुने लगायतका अन्य कामहरूमा भने श्रीमतीले सघाउँछिन्,’ उनले भने । २०७१ सालमा प्रेम विवाह गरेका उनका १ छोरी छन् । -सुदुरडेलि

प्रतिकृया दिनुहोस्