शुक्रबार , असार ४, २०७८

३ हजार बाईकसहित २० हजारको सहभागितामा भोलि पोखरामा राजावादीहरुले र्याली निकाल्ने…हेर्नुहोस् ।

मंग्सिर ९, २०७७ मंगलबार 7

पोखरा : गण्डकी प्रदेशवासी नभनी राजसंस्था र हिन्दू’धर्म पक्षधरहरुले पश्चिमा’ञ्चलवासी नेपाली जनताको नाममा भोलि मंसिर १० गते पोखरामा वृह’त आ’मसभाको आ’योजना गर्ने भएका छन् ।

पश्चिामाञ्चलमा रहेका हिन्दू’वादी शक्ति, शि’वसेना नेपाल तथा ब्राम्ह’ण समाज लगायतको सहभागितामा सो कार्यक्रम गरिने भएको छ । कार्यक्रममा बीसौँ हजारको सह’भागिता रहने शिवसेना नेपाल कास्कीका अध्यक्ष ब’न्टी क्षेत्रीले दावी गर्नु भयो ।

क्षेत्रीका अनुसार कार्यक्रममा गण्डकी प्रदेश भित्रका ११ जिल्लाका सम्पूर्ण रा’ष्ट्रबादी आम नागरिकको सहभागिता रहने बताउनुभयो । कार्यक्रममा ११ जिल्लाबाट करीब ३००० बाइकको सहभागितामा र्याली नि’कालिने पनि क्षेत्रीको भनाइ छ।

त्यस्तै शिवसेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेतका अनुसार पोखराको अम्मर सिंह चोकबाट र्याली शुरु हुने तथा मानवअधिकार चोकमा आमसभामा गरेर सम्पन्न हुने छ । अध्यक्ष बस्नेतका अनुसार सम्पूर्ण राष्ट्र’वादी नेपालीलाई एक भएर कार्यक्रममा सहभागी हुन आ’ग्रह पनि गरिएको छ ।

यो लडाइँ धर्म रक्षाका साथै राष्ट्रिय अख’ण्डताको लागि भएको कारण देश तथा धर्म बचाउन सम्पूर्ण नेपाली जनता एक हुनुपर्ने उनको भनाइ रहेको छ ।

राजसंस्था अबको निकास भएको कारण राजालाई नेपाली जनताले स’हर्ष स्वीकार गर्नेमा दुईमत नभएको तर बिदेशी शक्तिको प्र’भावमा परेर रा’जसंस्था हटाइएको हुनाले तत्काल

राजसं’स्थाको पुर्न’स्थापना गर्नका लागि कार्यक्रमको आयोजना गरिएको बस्नेतको भनाइ रहेको छ । कार्यक्रम भोलि मंसिर १० गते दिनको ठीक १ बजे शुरु हुने पश्चिमा’ञ्चलवासी नेपाली जनता समूहले बिज्ञ’प्ती मार्फत जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस्