आइतबार , जेठ ३०, २०७८

ओलीले कति पेजको उत्तर लेख्छन् त्यो मतलव छैन , प्रचण्डको प्रतिवेदन तलमाथि हुँदैन : माधव नेपाल

मंग्सिर १०, २०७७ बुधबार 1

काठमाडौं : सत्तारुढ दल नेकपाभित्रको वि’वाद उत्कर्षमा पुगेका बेला वरिष्ठ नेता माधव नेपालले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा दर्ता गराएको राजनीतिक प्रतिवेदन फि’र्ता नहुने बताएका छन्।

पार्टी विवा’द समाधानका लागि राजनीतिक प्रतिवेदन फिर्ता लिन प्रचण्डमाथि द’बाव परिरहेका बेला नेता नेपालले राजनीतिक प्रतिवेदन फिर्ता नलिने बताएका हुन्। प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिने प्रश्नै आउँदैन,’ वरिष्ठ नेता नेपालले डिसी नेपालसँग भने, ‘अहिलेको समस्याको समाधान भनेको प्रधामन्त्री ओली सच्चिनुपर्छ।’

उनले प्रतिवेदन ग’लत भए आत्मलोचना गर्नुपर्ने र नचाहिने आरोप लगाएको भए का’रवाही हुने उल्लेख गर्दै आ’रोप पत्रको सुरुवात प्रधानमन्त्री ओलीले गरेको दा’बी गरे। उहाँले (प्रचण्ड) पनि बेठिक कुरा उठाउनु भएको छ भने आलोचना होला। उहाँले के के गर्नु भयो भन्ने विषय पनि बन्ला।

कतिपेजको जवाफ आउने हो,’ उनले भने, ‘यो पत्र फा’यर सुरु गर्ने हाम्रो केपी ओली हो। फिल्डमा पनि उहाँहरुले नै फा’यर सुरु गर्नु भयो। सुरेन्द्र पाण्डेलाई जुन व्यवहार गरियो यो फिल्ड फायरको उदाहरण हो। सुरेन्द्र पाण्डे माथि आ’क्रमण गर्ने काम पनि उहाँहरुको फाउन्डेसनबाट भएको छ।’

वि’वाद बढाउनु भन्दा समस्या समाधानतर्फ सबैको ध्यान जानु आवश्यक भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सबै कुराको रियलाएज गरेर सबैको विश्वास जित्ने काम गर्नुपर्ने बताए।
सबैको विश्वास जित्न नसके भनेको मान्नु पर्ने उनको तर्क थियो।

कि फकाउन सक्नुपर्यो कि त छोड्न तयार हुनुपर्यो,’ उनले भने,‘अहिलेको वि’वाद महाधिवेशनसम्म जाँदैन।’नेता नेपालले सबै आरो’प प्रत्या’रोपको छिनोफानो पार्टी कमिटीका बैठकमा छिनोफानो बताए।

अहिले पार्टीभित्रको वि’वाद समाधान गर्न पूर्व एमालेलाई प्रधानमन्त्रीले फकाउन थालेको प्रसंगमा नेता नेपालले उहाँले सबै नेताहरुलाई पद बाँड्ने गरेको भन्दै ओलीको प्रस्तावमा विश्वास गर्न नसकिने बताए। उनले अहिलेकै समस्याका कारण पार्टी विभाजन नहुने तर्क गर्दै विधि पद्ध’तिलाई सबैले स्वीकार गरे समस्याको समाधान निस्किने बताए।

प्रतिकृया दिनुहोस्