शुक्रबार , असार ४, २०७८

उदयपुरका युवाहरुले देउसी खेलेर उठेको ६०,५५५ रुपैयाँ सियोनालाई सहयोग गरे…हेर्नुहोस् । उच्च सम्मानको लागि सेयर गर्नुहोस् ।

मंग्सिर १०, २०७७ बुधबार 6

उदयपुर : कटारी नगरपालिका २ गराँसका युवाहरुले देउसी खेलेर उठेको रकम रो’गसँग ल’डिरहेकी बालिका सियोना श्रेष्ठलाई सहयोग गरेका छन् ।

बरिष्ठ बाल रोग विशेषज्ञा डा। सन्दीप श्रेष्ठ र नर्स एलिना गुरुङको १० महिने छोरी सियोना श्रेष्ठ स्पा’इनल मस्कु’लर ए’ट्रोफी (SPINAL MUSCULAR ATROPHY (SME-1)रो’गसँग लडिरहेकी छन् । सियोनाको उप’चारको लागि ठूलो रकम लाग्ने भएपछि उनको परिवारले सबैसँग सहयोग याचना गरेको छ ।

Fireflies welfare society (FFWS) समूहले देउसी खेले बापत उठेको ६०,५५५ (सा’ठ्ठी हजार पाँच सय पच्पन्न) रुपैयाँ रकम गरासका युवाहरुले सहयोग गरेका हुन् । सो रकम बुधबार बैंक अफ काठमाण्डु लिमिटेडको (२०६५००००००३१५२४) खाता नम्बरमा जम्मा गरिएको सोनु तामाङले जान’कारी दिए ।

आजकालका अधिकां’श युवाहरु देउसी भैलो खेलेर उठाएको रकमबाट बनभो’ज, भ्रम’ण, मनोर’ञ्जन गरेर सक्ने गरेको पाइएता पनि तर कटारी २ गरासका युवाहरुले भने सामाजिक कार्यमा सहयोग गरेको गरासका अ’गुवा प्रेम लामाले बताउनु भएको छ।

अ’पांग, अश’क्त ग’रिब दिन दुःखीलाई सहयोग गर्ने उदेश्यले युवाहरु मिलेर देउसी भैलो कार्यक्रमको आयोजना गरेर उक्त रकम उठाईएको र सामाजिक सं’ञ्जालहरुका सियोना श्रेष्ठको भिडियो देखेपछि सहयोग गरेको गरासका युवा प्रशान्त लामाले बताए ।

सानो सहयोग भएता पनि साथीभाई मिलेर सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको लामाले बताए । सियोनाको उप’चारको करिब २५ करोड रुपैयाँ ख’र्च लाग्ने र नेपालमा उप’चार सम्भव नहुने भएकोले अमेरिकामा मात्रै सम्भव हुने भएकोे सियोनाका आमा एलिनाले जान’कारी गराएकी छन् ।

यस रो’गको उप’चार २ वर्षभित्र गरिसक्नुपर्ने श्रेष्ठ दम्पतीको भनाइ छ । छोरीको उप’चारको लागि ठूलो रकमको आवश्यकता भएको हुनाले तत्का’ल जोहो गर्न सम्भव नभएको उनीहरुको गु’नासो छ ।

हालसम्म ३ करोड रुपैयाँ जम्मा भइसकेको पनि उनीहरुले जान’कारी गराएका छन् । सहयोगका लागि सियोना श्रेष्ठको आफ्नै खाता नम्बर ‘सियोना श्रेष्ठ, २०६५००००००३१५२४, बैंक अफ काठमाण्डु लिमिटेड, प’रासी ब्रा’ञ्चमा सहयोग गर्न अ’पील गरिएको छ ।

प्रतिकृया दिनुहोस्