आइतबार , जेठ ३०, २०७८

अमेरिकामा पहिलो चरणमा ६४ लाख भ्या’क्सिन वितरणको तयारी…हेर्नुहोस् ।

मंग्सिर १२, २०७७ शुक्रबार 1

एजेन्सी : संयुक्तराज्य अमेरिकाले पहिलो हप्तामा फाइजरले निर्माण गरेको को’भिड–१९ को खो’प वितरण गर्ने योजना अघि सारेको छ ।अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाएलगत्तै सम्भवत डिसेम्बरमा यो खोप पहिलो चरणमा ६४ लाख व्यक्तिमा लगाइने छ ।

अमेरिकी खाद्य तथा औषधि प्रशासन (ए’फडिए)को एक कमिटीको आगामी डिसेम्बर १० बस्ने बैठकले यस बारेमा निर्णय गर्नेछ । संयुक्तराज्य अमेरिकामा को’रोनाभा’इरसबाट संक्र’मित व्यक्तिको मृ’त्युको संख्या र नयाँ संक्र’मितको संख्या बढेका कारण पनि खो’पलाई आप’तकालीन प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भइसकेको विज्ञहरुले बताएका छन् ।

मंगलबार सार्वजनिक पछिल्लो तथ्यांकमा अमेरिकामा मृ’त्यु भएका व्यक्तिको संख्या २ लाख ६० हजार पुगिसकेको देखिएको छ भने १ करोड २५ लाख मानिस संक्र’मित भएका छन् । चौबीस घण्टाको अवधिमा दुई हजार भन्दा बढी मानिसको को’रोना संक्र’मणबाट मृ’त्यु भएको छ भने एक लाख ६७ हजार व्यक्तिमा संक्र’मण देखिएको छ ।

अमेरिकी सरकारको “अपरे’शन वार्प स्पीड” का प्रमुख अपरे’शन अधिकृ’त जनरल गु’स्ताभ पर्नाले डिसेम्बरको अन्त्यसम्ममा झण्डै खो’पको ४ करोड डो’ज उपलब्ध भइसक्ने बताउनुभएको छ ।

त्यस तथ्याँकमा मोडर्नाले तयार पारेको खोप पनि समावेश छ । गत साता निकै प्रभाव’कारी रहेको भन्दै विवरण सार्वजनिक भएकाले मो’डर्नाको खो’पलाई पनि आपत’कालीन प्रयोगमा ल्याइने सम्भाव’नाका बारेमा छलफल भइरहेको पर्नाले बताउनुभयो ।

फाइजरको खो’प निकै चिसो अ’र्थात माइनस ७० डि’ग्री सेल्सि’यस तापक्र’ममा राख्नु पर्ने हुन्छ । त्यही कारण कम्पनीले १५ दिनसम्म खो’पलाई सुरक्षित राख्न मिल्ने गरी विशेष भण्डारणको व्यवस्था मिलाएको छ ।

पर्नाले सबै अमेरिकी राज्यहरुलाई जनसंख्याका आधारमा समानुपातिक रुपमा खोप वितरण गरिने पनि जानकारी दिनुभयो । संघीय सरकारले कसलाई प्राथमिकता दिनु पर्ने भन्ने बारेमा सि’फारिशहरू गर्नेछन् जसमा सम्भवतः वृ’द्ध, उच्च जो’खिम, र अग्र’णी कामदारहरू रहनेछन् ।

प्रतिकृया दिनुहोस्