आइतबार , जेठ ३०, २०७८

काठमाडौं हिँडेकी उपमेयर अमेरिकामा पुगेपछि फर्किनन्, नगरपालिकाको कामकाज पुरै अलपत्र…हेर्नुहोस् ।

मंग्सिर १३, २०७७ शनिबार 0

काठमाडौ : २०७६ साल कात्तिकमा एक कार्यक्रममा भाग लिन अमेरिका गएकी कालीकोट तिलागु’फा नगरपालिका उपप्रमुख दन्ता नेपाली (दर्शना) अझै फिर्ता भएकी छैनन् ।

उनी घरबाट जाँदा अमेरिकामा नभएर काठमाडौं जान हिँडेकी थिइन् । तर, पछि उपप्रमुख नेपाली एक कार्यक्रमका लागि अमेरिका उडेकी थिइन् । उपप्रमुख नगरपालिकाबाट सम्प’र्कविहीन हुँदा दैनिक कामकाजमा अ’सर परेको छ ।

उनले असोजमा काठमाडौंं जानकारी दिए पनि अहिलेसम्म नगरपालिकाको सम्पर्कमा नआएको नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए ।‘असोजमा काम विशेषले काठमाडौं जानुपर्ने भयो भनेर मलाई जानकारी दिनुभएको थियो,’ प्रमुख शाहीले भने, ‘अहिले अमेरिकामा हुनुहुन्छ भन्ने सुनेको छु ।

आधि’कारिक जानकारी छैन ।’ नगरपालिकामा उपप्रमुख नहुँदा अहिले दैनिक काममा असर परेको प्रमुख शाहीले जानकारी दिए । ‘जनताका काम दैनिक गर्नुपर्छ । उहाँ केही समितिको प्रमुख हुनुहुन्छ,’ उनले भने, ‘उपप्रमुख नहुँदा समितिका

कामहरू पनि प्रभा’वित भएका छन् ।’ नगरपालिकाको उपप्रमुख न्यायिक समिति, योजना अनुगमन समिति, बजेट कार्या’न्वयन तथा सुरपरीवे’क्षण समितिको अध्यक्ष रहेकोमा अहिले

यी कामहरू अल’पत्र परेको नगरपालिकाका प्रमुख शाहीले बताए । उपप्रमुख नेपाली बेप’त्ता भएपछि कामकाज प्रभा’वित भएको भन्दै नगरापालिकाले नेपाल सरकार स्थानीय विकास तथा संघीय मन्त्रालयलाई पत्र पठाइएको छ ।

प्रतिकृया दिनुहोस्