आइतबार , जेठ ३०, २०७८

प्रचण्डलाई ओलीको जवाफ – बुहारीलाई मन्त्री, छोरीलाई मेयर र भतिजोलाई राजदुत बनाउने तपाई समाजवादी हो ?

मंग्सिर १३, २०७७ शनिबार 0

काठमाडौ : नेकपाको सचिवालयको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पृबष्ट लामो राजनीतिक प्रतिवेदनमा आफूमाथि लगाईएका गं’भीर आरो’पहरुको खण्डन गर्दै अध्यक्ष तथा प्रधानमन्त्री ओलीले का’उन्टर प्रस्ताव तयार पारेका छन् ।

आज हुने सचिवालयको बैठकमा ओलीले यो प्रतिवेदन पेश गर्दैछन् ।यसमा समावादी कार्यक्रम सरकारले ल्याएन भन्ने प्रश्नको जवाफमा ओलीले प्रचण्डमाथि गं’भीर परिवारवादको आरोप लगाउदै बुहारीलाई मन्त्री, छोरीलार्ई मेयर र भतिजोलाई रा’जदुत बनाउने तपाई समाजवादी हो? भनेर प्रश्न गरेको स्रोतले बतायो।

प्रचण्डले ओलीको नेतृ’त्व सरकार र पार्टी दुबै स’ञ्चालनमा असफल रहेको भन्दै योगदान गर्न भन्ने शब्द राखेर घुमाउरो तरीकाले राजीनामा मागिएको बुझाई ओली पक्षको छ । यसैको खण्डन ओलीले गरेका छन् ।ओलीले आफूलाई भ्र’ष्टाचारी प्र’माणित गरे जेल बस्न तयार रहेको तर आरोप प्र”माणित नभए कि त माफी माग्नु पर्ने कित का’र्बाही हुनु पर्ने प्रश्न समेत उठाएका छन् ।

मंसीर ३ गतेको बैठकमा जवाफ दिन आफूलाई समय चाहिने भन्दै १० दिन बैठक सारिए पछि लिखित प्रतिवेदन तयार पारेका छन् । यसमा न्या’यधीशहरुलाई बोलाएर निर्देशन दिएको जस्ता बिषयमा ओलीले गंभीर आपत्ति जनाएका छन् । यसको गं’भीर खण्ड’न र चुनौती पेश गर्दा गर्दै पनि पार्टी एकता जोगाउनु पर्ने पक्षमा भने ओली रहेको उनी नि’कट नेताहरुले बताएका छन् ।

पार्टी सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा अल्पमतमा रहेका कारण ओलीले बैठक बस्न नमानेको आरोप लाग्ने गरेको थियो । सचिवालयमा बहुमत पु¥र्याउने कसरत पनि ओलीले जारी राखेका छन् ।

त्यसका लागि पूर्व मा’ओवादी समुहका राम बहादुर थापालाई आफ्नो पक्षमा पारेको बुझाई रहँदै आएको छ । त्यसै गरी माधव कुमार नेपाल र वामदेव गौतमलाई फकाउने अलग अलग प्रयास पनि जारी छ । बैठक बस्नु एक दिन अघि पनि माधव नेपाललाई भेट्न स्वास्थ्य मन्त्री भानुभक्त ढकाल पुगेका थिए भने वामदेव गौतमलाई भेट्न ईश्वर पोखरेल पुगेका थिए । सचिवालयको बैठक दिउसो १ बजे बस्ने छ ।

प्रतिकृया दिनुहोस्