शुक्रबार , असार ४, २०७८

समकक्षी नभएपछि चिनियाँ रक्षामन्त्रीलाई गृहमन्त्रीद्वारा स्वागत, पाखुरा जोडेर अभिवादन…हेर्नुहोस् ।

मंग्सिर १४, २०७७ आइतबार 2

काठमाडौं : चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गेलाई गृहमन्त्री रामबहादुर थापाले पाखुरा जोडेर स्वागत गर्नुभएको छ । स्वागतका लागि विमानस्थल पुग्नु भएका गृहमन्त्री थापाले पाखुरा जोडेर स्वागत गर्नु भएको हो ।

कोरोना भाइरसको महामारीको कारण उहाँहरुले हात मिलाउनुको साटो एक-अर्कामा पाखुरा जोडेर अभिवादन गर्नुभएको हो । नेपालमा रक्षामन्त्रीको जिम्वेवारीमा प्रधानमन्त्री हुनुहुन्छ । त्यसकारण समकक्षी नभएकाले गृहमन्त्रीले चिनियाँ रक्षामन्त्री फेङ्गेलाई गृहमन्त्रीले स्वागत गर्नुभएको हो ।

स्वागतपछि उहाँको चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणले सदियौँदेखिको नेपाल-चीन सम्बन्ध थप उचाइमा पु¥र्‍याउन मद्दत गर्ने विश्वास लिएको बताउनु भएको छ ।

चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गे २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट नेपाल भ्रमणमा आउनु भएको छ । प्रतिनिधिमण्डलमा जनमुक्ति सेनाका उच्च अधिकारीसमेतको सहभागीता छ ।

प्रतिकृया दिनुहोस्