शुक्रबार , असार ४, २०७८

विवाह गरिदिने आमाबुवाको सपना अधुरै बनाएर अस्ताए प्रहरी इन्सपेक्टर बुढाथोकी, पुरै गाउँ शोकमा डुब्यो !

मंग्सिर १४, २०७७ आइतबार 5

काठमाडौ : घरको जेठो छोरा बुवाआमाको बुहारी ल्याउने ठूलो सपना थियो । वि’वाहको तयारी समेत सुरु भएको थियो । तर सबै सपना भताभुंग भयो ।

कोरो’नाका कारण सशस्त्र प्रहरी निरीक्षक (इन्स’पेक्टर) नवीन बुढाथोकी नि’धन भएसंग उनको परिवारको सबै सपना पनि अ’न्त्येष्टि भयो । आमा छोरा गु’माएको ब’ज्रपात सहन नसकेर अ’र्ध मु’र्छित अवस्थामा छन् ।

तेह्रथुमको म्याङलुङ नगरपालिका–१ का स्थानिय बासीन्दा बुढाथोकीको घरमा आमा बाबु र भाइ बहिनी छन् । ३३ वर्षिय अवि’वाहित बुढाथोकीलाई उनका काकाले अ’न्त्यष्टि गरे । २०६८ सालमा प्र’हरी निरी’क्षकबाट सेवामा प्रवेश गरेका बुढाथोकीले संखुवासभा लगायत पूर्वका विभिन्न ठाउँमा कार्यरत थिए।

परिवारको मात्र होइन सारा गाउँको नै आशा रहेका बुढाथोकीको निध’नले गाउँनै शोकमा डुबेको छ । बहिनीको समेत वि’वाह भइसकेका कारण घरमा सानो भाइ र आमा बुबा मात्रै छन् ।

तेह्रथुम घर भएपनि मोरङको टंकी’सिनवरीमा का’र्यरत सशस्त्र प्रहरी निरीक्षक ३३ बर्षीय नविन बुढाथोकीको उपचारको क्रममा निधन भएको हो । उनको सोमवार राती करिब ११ बजेर तिर

मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेजमा उप’चारको
क्रममा नि|धन भएको हो । ब्याड मिन्टन खेल्दा खेल्दै स्वास प्र|श्वासमा समस्या भएपछि उनलाई कार्तिक २६ गते अस्पताल भर्ना गरिएको थियो । २७ गते बुढाथोकीलाई को’रोना पु’ष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस्