शुक्रबार , असार ४, २०७८

बागलुङ र पर्वत जोड्न कालीगण्डकी माथि मोटरेबल पुल बन्ने…हेर्नुहोस् ।

मंग्सिर १५, २०७७ सोमबार 1

पर्बत : सदरमुकाम कुश्मा बजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने मोटरेबल पुल बन्ने भएको छ । कुश्मा नगरपालिका–४ चा’क्लेको डिलदेखि बागलुङ नगरपालिका–१३ नेपाने जोड्न कालीगण्डकी माथि उक्त पुल बनाउन लागिएको हो । पुल निर्माण गर्न यसअघि नै प्रारम्भिक सर्वेक्षण गरिएको छ भने विस्तृत सर्वेक्ष’णको तयारी भएको छ ।

झण्डै एक दशकदेखि प्रक्रिया शुरुआत भए पनि अहिले अर्थ मन्त्रालयले ब’जेट स्वी’कृति दिएपछि सर्भेक्षण अघि बढेको हो ।
कालीगण्डकी नदीमाथि २०६ मिटरको उचाइ र ५१० मिटर लामो पुल बन्ने भएको हो । यसका लागि अघिल्लो आवमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वा’धार विकास महाशाखाले भौतिक पू’र्वाधार तथा यातायात मन्त्रालयलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाइएको छ ।

महाशाखाका शाखा अधि’कृत शशी पौडेलद्वा’रा जारी पत्रमा कुश्मा–नेपाने कालीगण्डकी मो’टरेबल पुल निर्मा’ण उपभोक्ता समितिको २०७० सालदेखि फागुन ११ सम्म गरी ११ वटा निवेदन दिइएको जनाइएको छ । कार्यालयले गत फागुन १८ गते भौतिक पू’र्वाधार मन्त्रालयलाई आदेश दिएपछि चालु आवको बजेटमा समावेश गरेको पुल नि’र्माण समितिका अध्यक्ष मेघनाथ शर्माले जा’नकारी दिनुभयो ।

समितिले विसं २०७० देखि हालसम्म सङ्घी’य मामिला तथा सामान्य प्रशासन, भौतिक पूर्वा’धार तथा यातायात, अर्थ र पर’राष्ट्र मन्त्रालय एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरी ११ पटक निवेदन दिएको थियो । अन्तिम पटक गण्डकी प्रदेशको भौतिक पूर्वा’धार विकास कार्यालयले समेत सङ्घी’य भौतिक पूर्वा’धार तथा यातायात मन्त्रालयलाई पुल निर्माणका लागि माग गरेको थियो ।

दुई सय छ मिटरको उचाइ र ५१० मिटर लामो यो पुल सार्क क्षेत्रका मुलुककै नमूना पुल हुने अपेक्षा गरिएको अध्यक्ष शर्माले बताउनुभयो । चालु आवभित्र विस्तृत सर्भेक्ष’णको सबै काम सम्पन्न गरेर बोल’पत्र आ’ह्वान हुुने र अर्को आवको शुरुदेखि नै निर्माण शुरु हुने उहाँले जानकारी दिनुभयो ।

पुल निर्माण भएमा पर्वत र बागलुङबीच सिधा सम्पर्क हुने छ भने बुटवल, भैरहवा, लुम्बिनी हुँदै पोखरा र स्याङ्जासम्मको दूरी घट्ने भएको छ । राष्ट्रिय गौरवका दुई स’डक आयोजना कालीगण्डकी करिडोर र मध्यपहाडी लोक’मार्गसमेत यही पुलले जोडिने भएका छन् भने सडक अभावले लामो समयदेखि अल’पत्र बनेको बलेवा विमान’स्थलसमेत सञ्चा’लनमा आउने भएको छ ।

पुल यस क्षेत्रको पर्य’टकीय विकासमा समेत महत्व’पूर्ण भूमि’का निर्वा’ह गर्ने अध्यक्ष शर्माले बताउनुभयो । उहाँका अनुसार कालीगण्डकी करि’डोर र मध्यपहाडी लो’कमार्गलाई जोड्ने महत्व’पूर्ण नाका सो क्षेत्र बन्ने भएको छ । यसले सि’ङ्गो धौ’लागिरि क्षेत्रको आर्थिक विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रार’म्भिक सर्वेक्ष’णका बेला उक्त पुल नि’र्माणका लागि रु एक अर्ब २९ लाख लागत लाग्ने अनुमान गरिएको थियो । अहिलेको अवस्थामा भने लागत बढ्ने देखिएको छ । पर्वत र बागलुङ जोड्न यसअघि कालीगण्डकी नदीमाथि झो’लुङ्गे पुल,

निजी क्षेत्रद्वा’रा या’न्त्रिक पुल र बन्जीजम्प गर्ने पुलसमेत सञ्चालनमा आए पनि मोट’रेबल पुल निर्माणका लागि दुवै जिल्लाका बासिन्दाले लामो समयदेखि माग गर्दै आएका थिए । पुल निर्मा’णमा सहजी’करण गर्न कुश्मा नग’रपालिका निरन्त’र लागिरहेको नगर प्रमुख रामचन्द्र जोशीले बताउनुभयो ।


प्रतिकृया दिनुहोस्