शुक्रबार , असार ४, २०७८

कोशीको पानी मेची लैजान ४९ अर्ब लगानी गर्दै भारत, नेपाललाई थाहै छैन…हेर्नुहोस् ।

मंग्सिर १५, २०७७ सोमबार 3

सुनसरी : कोशी नदीको पानी मेची नदीमा पु¥र्याएर आफ्नो भू’मि सिँचाइ गर्ने भारतको मह’त्वाकांक्षी परियोजना एक कदम अगाडि बढेको छ ।

लामो समयदेखि च’र्चामा रहेको सो परियोजना कोशी–मेची रिभर इन्ट’रलिनिङ प्राजेक्ट हो । जस अनुसार वर्षायाममा कोशीमा जम्मा गरेको पानी हिउँदमा भारतमा पर्ने मेची नदीमा खसालिनेछ र भारतका सुख्खा खेतमा सिँचाइको लागि उपयोग गरिनेछ ।

नेपाल–भारतको सीमाबाट बग्दै जाने मेची नदी भारतको महानन्दा बेसिन अ’न्तरगत पर्छ । सो बेसि’नमा सु|ख्खायाममा पनि पर्याप्त पानी पु¥र्याउने गरी कोशी ब्या’रेजमा पानीको क्षमता बढाउने भारतीय योजनामा लगानी गर्न सिफारिस गर्ने निर्णय भारतको ‘इन्भे’बष्टमेन्ट क्लिय’रेन्स कमिटी’ को १४ औं बैठकले गरेको छ ।

यो कमिटीमा भारतको के’न्द्रीय जलशक्ति मन्त्रालय अन्त’र्गतको ज’लस्रोत विभागलगायत जलस्रोतसम्ब’द्ध संस्था र ए’जेन्सीहरु छन् । गत वर्ष नै भारतको केन्द्र सरकारले यसका लागि बजेट विनियोजन गरेको थियो ।

भारतको यो योजना उसको इच्छाअनुसार नै अघि बढे नेपालमा कोशीको बाढी बढ्ने विज्ञहरु बताउँछन् । अहिले पनि कोशीको ब्यारे’जको ढोका समयमै नखोल्दा वर्षैसाल नेपालका विभिन्न भाग डुबानमा पर्दै आएका छन् ।

झन् ब्यारेजको क्षमता विस्तार गरेर पानी रोक्दा नेपालतर्फको भू’भागमा थप जोखिम निम्तन सक्ने विज्ञहरु बताउँछन् । तर बाढी नियन्त्र’णका लागि के कदम चालिन्छ भन्नेचाहिँ यकिन भएको छैन ।

बर्खा’याममा कोशीका कारण भारतको उत्तरी बिहारमा ठूलो बाढी आउने गरेको छ । नदी नि’यन्त्रण गर्ने योजनाका साथ भारतले यसलाई अघि बढाउन खोजेको हो । भारतले पाँच वर्षभित्र यो परियो’जना बनाइसक्ने लक्ष्य लिएको छ ।

विहारमा वर्षैसाल बाढीले नि’म्त्याउने बित’ण्डा हटाउन बिहार सरकारले पनि यो परि’योजना छिटो अघि बढाउन जोड दिँदै आएको छ । नेपालका विज्ञहरुले लामो समयदेखि भारतलाई मात्रै फाइदा हुने

गरी प्रस्ता’वित उच्च बाँध र नदी जोड (रि’भर लिं’किङ) कार्यक्रमको वि|रोध गर्दै आएका छन् । भारतले नेपालतर्फ उच्च बाँध नि’र्माण गरेर अहिले उसले मात्रै पानी उपयोग गर्न बनाएको पूर्वी कोशी नहरबाटै मेची’सम्म पानी लैजाने यो’जना बनाएको हो ।

प्रतिकृया दिनुहोस्