आइतबार , जेठ ३०, २०७८

काठमाडौंमा कुरिलो किलोकै ५ हजार रुपैंयाँ ! राम्रो मुल्य पाउदा किसानहरु दङ्ग ।

मंग्सिर १५, २०७७ सोमबार 1

काठमाडौं : कुरिलोको भाउ किलोकै ५ हजार रुपैंयाँ पुगेको छ । मागमा भएको अत्याधिक बृद्धि र उत्पादनको सीमितताका कारण भाउ एक्कासि बढेको हो ।

अफ सिजन भएकाले यतिबेला बजारमा कुरिलो थोरै मात्रामा पाइन्छ । त्यसको फाइदा उठाउँदै व्यापारीले अस्वभाविक मूल्य लिन थालेका हुन् ।

कुरिलो सिजनल हो, बजारमा कहिले आउँछ, कहिले आउँदैन’, कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने,‘बजारमा पाइने कुरिलो काठमाडौं भित्रको हो ।

थोरै आउँछ एकैछिनमा विक्री हुन्छ ।’समितिको तथ्यांक अनुसार गत जेठमा कुरिलो प्रतिकिलो न्यूनतम २ सय ५० देखि ३ सय २५ रुपैंयाँ (होलसेल मूल्य) थियो । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्