आइतबार , जेठ ३०, २०७८

नारायणकाजी श्रेष्ठ भन्नुहुन्छ : राजतन्त्र पुनःस्थापनाको माग प्रतिगामी, सफल हुँदैनन्…हेर्नुहोस् ।

मंग्सिर १७, २०७७ बुधबार 0

काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले लोकता’न्त्रिक गणतन्त्रा’त्मक प्रणाली जनताको आन्दो’लनबाट स्थापित यवस्था भएकाले प्रतिगामीले पुनः सफलता पाउने स्थिति नरहेको बताएका छन् ।

नेकपाको आजको सचिवालय बैठकबाट बाहिरिने क्रममा प्रश्नमा प्रवक्ताले श्रेष्ठले गणता’न्त्रिक व्यवस्थाका कार्या’न्वयनका विविध पक्षमा कम’जोरी भएमा समीक्षा गर्न सकिने तर राजतन्त्र पुनःस्थापनाको माग प्रतिगामी हुने प्रतिक्रिया दिएका हुन् ।

पछिल्लो समयमा केही समूहले राजत’न्त्रका पक्षमा आवाज उठाएको सन्द’र्भमा नेता श्रेष्ठले त्यसको कुनै सान्द’र्भिकता नरहेको समेत जनाए।

यो पनि
अब सरकारको लक्ष्य विकास र स’मृद्धि हुनुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ !

दमौली : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दुई निर्वाचन क्षेत्र जोड्न सेती नदीमाथि निर्मित पक्की पुलको आज एक समारोहबीच उ’द्घाटन गर्नुभएको छ ।

उहाँले तनहुँ निर्वाचन क्षेत्र नं १ अन्तर्गतको व्यास नगरपालिका र निर्वाचन क्षेत्र नं २ अन्तर्गतको ऋषिङ गाउँपालिका जोड्ने सोडेस्थित सेती नदीमाथिको पक्की पुलको उ’द्घाटन गर्नुभएको हो ।

उक्त पुलले व्यास नगरपालिका–१३ र ऋ’षिङ गाउँपालिका–३ लाई जोड्छ । विसं २०७१ असार २९ गते सम्झौता भई विसं २०७७ वैशाख ३० गते उक्त पुलको निर्माण सम्पन्न भएको छ । रु १० करोड ७१ लाख २७८ लागत रहेको उक्त पुलको लम्बाइ १०५ मिटर रहेको छ ।

सो अवसरमा वरिष्ठ नेता पौडेलले पुल निर्माणसँगै यस भेगको विकास निर्माणले गति लिने बताउनुभयो । “गाउँबाट विचलित भएर भागिरहेको मनलाई गाउँमै फर्काउने अभियान निरन्तर सञ्चालन गरिरहनु पर्दछ”, उहाँले भन्नुभयो, “गाउँमै रोजगारी सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्छ । गाउँमा सेवा र सुविधा पु¥याएर गाउँमै बस्ने वातावरण सरकारले सिर्जना गर्नुपर्छ ।

गाउँमै बिजुली, विद्यालय, स’डक, खानेपानी पुगेपनि गाउँमा रोजगारी नपुगेकाले गाउँबाट मानिस शहर झर्ने क्रम शुरु भएको नेता पौडेलको भनाइ थियो ।

अब गाउँमै रोजगारी र आम्दा’नीको अवस्था सिर्जना गर्नेतर्फ सबै सरकार लाग्नुपर्छ”, उहाँले भन्नुभयो । विगतमा देशको राजनीतिक व्यवस्थाको टुङ्गो नहुँदा देश अलमलमा परेपनि अब सबै व्यवस्था टुङ्गि’सकेकाले अबको एउटै मात्र ध्यान विकास र समृद्धि हुनुपर्नेमा वरिष्ठ नेता पौडेलले जोड दिनुभयो ।

संविधानसभा सदस्य झुलबहादुर आले, गण्डकी प्रदेश सभा सदस्य डो’वाटे विक, सरिता गुरुङलगायतले पक्की पुल निर्माणसँगै यहाँका बासिन्दालाई कृषि उपज सा’मग्री बजारसम्म ल्याएर बिक्री गर्न सहज हुने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख शा’न्तिरमण वाग्लेले पुल निर्माणले यस भेगको समृ’द्धिको ढोका खुलेको बताउनुभयो । व्यास नगरपालिकाका प्रमुख बै’कुण्ठ न्यौपानेले पुल निर्माण पश्चात दुवै पालिकाका सर्वसाधारणलाई आवत’जावतमा सहज हुने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्