शुक्रबार , असार ४, २०७८

मलेशिया सरकारले फेरि विदेशी श्रमिकको लेभि काट्ने घोषणा, कहिले बाट लागू हुदैछ…हेर्नुहोस् ।

मंग्सिर १९, २०७७ शुक्रबार 1

क्वालालम्पुर : मलेशियामा सरकारले विदेशी श्रमिकका लागि आगामी जनवरी देखि लागु गर्ने तयारी गरेको लेभी सम्वन्धि नयाँ व्यवस्थालाई जुलाई १, २०२१ सम्मका लागि लागु नगर्ने घोषणा गरेको छ ।

मलेशियाका गृहमन्त्री हमजाह जैनुद्दिनले यसको जानकारी दिएका हुन् । मलेशियाको सरकारी सञ्चार माध्यम बनर्माका अनुसार कोभिड १९ का कारण रोजगारदातालाई परेको समस्याका कारण लेभी सम्वन्धि नयाँ व्यवस्था लागु गर्न ६ महिनाको समय पछि सारिएको हो ।

यसैगरी विभिन्न चरणमा लगाउने तयारी गरिएको लेभी सम्वन्धि व्यवस्थामा पनि परिवर्तन गर्ने तयारी रहेको समाचारमा जनाइएको छ । मलेशियाले विदेशी श्रमिकको संख्यालाई कम

गर्दै मलेशियन नागरिकलाई नै आन्तरिक रोजगारीमा संलग्न गराउने उद्देश्यले लेभी सम्वन्धि नीतिलार्ई कडा बनाउने तयारी गरेको छ । श्रमिकले लेभी तिर्नु नपर्ने व्यवस्था गरेको सरकारले रोजगारदाताले भनें चर्को लेभी तिर्नुपर्ने व्यवस्था गर्न खोजेको छ । -देश पर्देस बाट

प्रतिकृया दिनुहोस्