आइतबार , जेठ ३०, २०७८

अध्यक्ष ओलीलाई बैठकमा सहभागी हुन दबा’ब बढ्दै, नेकपा स्थायी कमिटी आइतबार बस्दै !

मंग्सिर २६, २०७७ शुक्रबार 0

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालयमा छुटा-छुटै पेश गरेको राजनीतिक प्रस्तावले उत्पन्न विवा’द थप गिजो’लिएको छ ।

अध्यक्ष ओलीलाई जसरी भएपनि गलाउने रणनीति दाहाल र माधव नेपाल पक्षको छ भने ओली बैठक नै निरन्तर छल्ने पक्षमा छन् । यसबीचमा, पार्टीको निर्णय अध्यक्ष ओलीले मान्नुपर्छ भन्नेको पनि कमी छैन भने अध्यक्षद्वयबीच पछिल्लो समय भएका छलफल पनि निर’र्थक सा’वित भएका छन् ।

स्थायी कमिटी बैठक आइतबार पुनःबस्दैछ तर, सहमति जुटेर वि’वाद समाधान हुने छाँट’काँट भने देखिएको छैन । नेकपाको स्थगित गरिएको स्थायी कमिटी बैठक आइतबार बस्दैछ ।अध्यक्षद्वय केपी शर्मा ओली र

पुष्पकमल दाहालको राजनीतिक प्र’स्ताव अध्ययन गर्न दिइएको समय सीमा आइतबार सकिँदा त्यसमाथि छलफल गराउने प्रचण्ड–नेपाल पक्षको अडान छ ।उता, कमिटीको बैठकमा सहभागी नै नजनाउँदै प्रचण्डको प्रस्तावलाई नमान्ने नि’र्णय गरेका ओली छलफल गर्न नमिल्ने अडा’नमा छन् ।

बरु, अध्यक्षद्वयको समान प्र’स्ताव ल्याउनुपर्ने ओलीको मागमा प्रचण्ड–नेपाल पक्षको खास रुची छैन ।जसरी भएपनि ओलीलाई द’बाब दिएर गलाउने रणनीतिले वि’वाद थप गिजो’लिएको छ । उता, राष्ट्रपति विद्या देवी भण्डारीले विवाद मिलाउन अध्यक्षद्वयलाई

तारा:न्तार बोलाएर समाधानका उपाय खोज्न आ’ग्रह गरिरहेकी छन् ।आइतबार बस्ने बैठकमा ओलीलाई जसरी पनि सहभागिता गराउने प्रचण्ड–माधव समूहको जोड छ । सोही अनुसार अध्यक्षद्वयबीच पछिल्लो दुई दिन छलफल पनि भए ।

अध्यक्ष प्रचण्डले बालुवाटारमा संवाद गर्दै बैठकमा उपस्थितिका लागि आग्रह गरेका छन् ।तर, त्यसमा अध्यक्ष ओलीले कुनै प्रति’क्रिया जनाएका छैनन् । ओली बैठकमा उपस्थित हुनैपर्ने उनीहरूको माग छ ।

रामबहादुर थापासँग पनि छलफल गरेर पार्टीमा बहुमतको खेल हुन नदिन र एकता जोगाउनका लागि राष्ट्रपति भण्डारीले आग्रह गरेपनि थापाले स्थायी कमिटीमा प्रस्ताव गरेको कार्यदलको विषयलाई नेपाल समूहले अस्वी’कार गरिसकेका छन् ।

त्यतिमात्र नभई ओलीले बैठकमा उपस्थित जनाउन कि’न्तु पर’न्तु गर्न नहुने नेताहरु नै बताउन थालेका छन् । उता, स्थायी कमिटीमा बहुमतको जोड’बल हुन थालेको छ । पछिल्लो समय अध्यक्ष ओली र दाहाल–नेपाल पक्षका नेताले तल्लो तहसम्म आफ्नो बहुमत भएको दावी गर्न गुट’का भेला गर्न थालेका छन्।

मदन भण्डारी फाउण्डेसनका नाममा अध्यक्ष ओली प्रदेश–१, कर्णाली लगायत विभिन्न स्थानमा यसअघि नै भेला गरेका थिए । यस्तै दाहाल-नेपाल पक्षले पनि विभिन्न स्थानमा आफ्नो समूहलाई प्रशि’क्षण दिइरहेका छन् ।

केही दिनअघि मात्र थापाथली क्याम्पसमा दाहाल नेपाल पक्षका नेताले विद्यार्थी भेला गराएका थिए । यस्तो अवस्थामा अबको हल ओलीले नै दिनुपर्ने र मार्ग प्रशस्त गर्नुपर्ने नेताहरूको भनाइ छ ।

आइतबार बस्ने बैठकमा उपस्थित जनाएर ओलीले बाँकी कार्य’दिशा तय गर्नुपर्ने होइन भने पेलेर जाने प्रचण्ड-नेपालको रणनीतिलाई बल पुग्ने आंक’लन सुरु भइसकेको छ । चौतर्फी दबाबमा परेका ओली बैठकमा सहभागी होलान् वा आइतबारको बैठक स्थगित गराउने रणनीतिमा लाग्लान् रु त्यो शनिवारसम्म पक्कै थाहा हुनेछ

प्रतिकृया दिनुहोस्