आइतबार , जेठ ३०, २०७८

मलेसियामा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना…हेर्नुहोस् ।

मंग्सिर २७, २०७७ शनिबार 0

काठमाडौँ : मलेसियामा अबै’धानिकरुपमा बसेका आप्रवासी कामदारहरुका लागि सरकारले दुईवटा विकल्प दिएको छ रिक्या’लिब्रेसन कार्यक्रम अन्तर्गत मलेसिया सरकारले न्यून शुल्क जरिवाना तिरेर स्वदेश फर्किने वा निश्चित प्र’कृया पुरा गरेर मलेशियामै रोजगारी गर्ने विकल्प अघि सारेको हो ।

सरकारले विदेशी श्रमिकलाई मलेशिया बसाईलाई वैधानिक बनाएर बस्न पाउने वा सहुलियत दरको जरिवाना तिरेर स्वदेश फर्किन पाउने व्यवस्था गरेको छ । अवैधानिक रुपमा बसेका र स्वदेश फर्कन चाहनेहरुले अध्यागमन कार्यालयमा ५ सय मलेसियन रिं’गिट तिरेर निश्चित प्रकृया पुरा गरी चेकआउट मेमो लिनु पर्ने छ ।

डिसेम्वर २१ देखि सुरु हुने उक्त कार्यक्रम अन्तर्गत स्वदेश फर्किन चाहनेहरुसँग राहदानी वा ट्राभल डकु’मेण्ट तथा नेपाल फर्किने टिकटको बुकिङ हुनुपर्ने सरकारले जनाएको छ | मलेसियाको अध्या’गमन कार्यालयबाट स्वदेश फिर्ताका लागि चेक आउट मेमो अनिवार्य लिनु पर्ने छ । चेक आउट मेमो लिनका लागि अध्यागमन कार्यालयले बनाएको अनलाइन प्रणाली मार्फत सेवा लिन अग्रिम रुपमा समय लिनु पर्ने छ ।

फर्म भर्न चाहनेहरुले आफ्नो पुरा नाम थर, राहदानी वा ट्राभल डकुमेण्ट, मोर्वाइल नम्वर ईमेल ठेगाना हुनुपर्दछ । त्यसपछि http://sto.imi.gov.my वेभसाइटमा गएर फर्म भरेपछि ईमेलमा कन्फ’र्ममेसन आउँछ । ईमेलमा आउने कन्फर्म’मेसनलाई प्रिन्ट गरेर सुरक्षित राख्नु पर्दछ ।

आफूले पाएको मितिमा अध्यागमन कार्यालयमा चेकआउट मेमोको प्रकृ’याका लागि जाँदा तीन दिनभित्र कोभिड टेष्ट गरेको रिपोर्ट, राहदानी वा ट्राभल डकुमेण्ट तथा ५ सय रिंगिट भएको बैंक कार्ड, स्वदेश फर्किने टिकट (१४ दिनभित्रको उ’डान भएको) को बुकिङ साथमा हुनुपर्ने मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार आफूले एपोई’न्टमेण्ट पाएको समय भन्दा एक घण्टा अगाडी नै सम्बन्धित कार्यालयमा पुग्नु पर्ने छ । कुनै समस्या वा जानकारी आवश्यक परे दूतावा’सको फोन नम्वर ०३२०२०१८९८/०३२०२०१८९९ मा वा हटलाइन नम्वर ०११६२४७२७७७ मा फोन गर्न सकिने दूता’वासले जनाएको छ ।

त्यस्तै मलेसियामै रहेर रोजगारी गर्न चाहनेहरुका लागि कम्पनी मार्फत वैधानिक हुन सक्ने व्यवस्था सरकारले गरेको छ । यसरी रोजगारी गर्न चाहनेहरुले उत्पादनमूलक क्षेत्रको काम, निर्माण, कृषि, क्षेत्रको काममा रोजगारी गर्न सक्नेछन ।

मलेसिया सरकारले दिएको उक्त अफर सन् २०२१ को जुन महिनासम्ममा सकिने छ । अध्यागमन कार्यालयका अनुसार,रोजगारदाताले मलेशियाको अध्यागमन कार्यालयमा सिधै सम्पर्क गर्न सक्ने छन् । यो कार्यक्रममा सहभागि हुनका लागि मलेसिया सरकारले कुनै व्यक्ति वा निकायलाई जिम्मेवारी नदिएको बताउँदै ठगि’नबाट सचेत रहन भनेको छ ।

प्रतिकृया दिनुहोस्