आइतबार , जेठ ३०, २०७८

मेरी श्रीमती बाँचीरहकी भए आज हामी उन्को जन्मोत्सब मनाईरहेका हुन्थ्यौँ – मदनकृष्ण श्रेष्ठ

पुष १५, २०७७ बुधबार 0

काठमाडौं : आज पौष १४ गते मेरी श्रीमती बाँ’चीरहकी भए आज हामी उन्को जन्मो’त्सब मनाईरहेका हुन्थ्यौँ। संगै हुँदा हाम्रो जीवन खोला वारी र खोला पारीको बर र पिपल जस्तो हैन

कि एउटै चौ’तारीमा उभिएर रमाई रहेका बर पिपल जस्तै थियौं। मदनकृष्ण फेसबुकमा लेख्छन ” मेरा लागि माया र आशि’र्बादका महा’सागर समान दर्शक श्रोताहरुले मेरो नयाँ गीत लाई हेरेर सुनेर मनमनै गुनेर कमेन्ट पनि गरीदिनुहोला ताकि

मलाई अझ केहि गर्न जोश र जागर जागोस।” नेपाली कलाक्षेत्रका एक नक्षेत्र हुन्, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ।
उनलाई कलाका खानी भन्दा पनि फरक पर्दैन । अभिनय,

लेखन, निर्देशन, गायन मात्र होइन उनीभित्र कलाका थुप्रै विधा अ’टाएका छन् ।कला’कारितामार्फत देशविदेशको कुना’कन्दरामा रहेका नेपालीको मनमा बास बस्न सफल श्रेष्ठ सबैका प्रिय र वि’वादरहित कलाकार पनि हुन् ।

मदन कृष्ण श्रेष्ठको लेख जस्ताको जस्तै !
आज पौष १४ गते :- मेरी श्रीमती बाँचीरहकी भए आज हामी उन्को जन्मो’त्सब मनाईरहेका हुन्थ्यौँ ।

संगै हुँदा हाम्रो जीवन खोला वारी र खोला पारीको बर र पिपल जस्तो हैन कि एउटै चौता’रीमा उभिएर रमाई रहेका बर पिपल जस्तै थियौं ।

दरिलो, भरिलो, रसिलो, हँसिलो र जीवन्त थियो जिन्दगी ।
मेरो त्यो चौ’तारीको लहलहाउँदो पिपलको रुख ढलेको नि अब त दुई बर्ष नौ महिना भैसकेछ ।

एक दिन पोखराबाट सुप्र’सिध्द गीतकार
श्री प्र’कट पगेनी शिबजीको फोन आयो र भन्नुभो, “मदनकृष्णजी मैले तपाईँलाई नै सम्झेर एउटा गीत लेखेर मेसेन्जरमार्फत पठाई दिएकोछु एक पटक हेर्नुस न है ”

गीत पढेँ एकदमै मन पर्यो। छोरी सराना श्रेष्ठलाई पढेर सुनाउँदा उन्ले एकदमै मनपराईन । यमनले त झन तुरुन्त संगीतै भरीदियो ।

हुन त मेरो स्वरले पनि अब त मसंग सोसियल डिस्टाय्न्स मेन्टेन गर्न थालीसकेको छ ।तैपनि पोखरा निबनसी श्री प्र’कट पगेनी शिबजीको शब्द, छोरा यमन श्रेष्ठको संगीतमा एउटा यो गीत गाएर महसं’चारको यु्ट्यूबमा राखेकोछु ।

मेरा लागि माया र आशिर्बादका महासागर समान दर्शक श्रोताहरुले मेरो नयाँ गीत लाई हेरेर सुनेर मनमनै गुनेर कमेन्ट पनि गरीदिनुहोला ताकि मलाई अझ केहि गर्न जोश र जागर जागोस ।

यो नयाँ गीतको सुन्दर शब्द हुन :-
” बर ढले पिपल एक्लै, पिपल ढले बर
जो ढले नि चौतारीको छाती चररर”

प्रतिकृया दिनुहोस्